काठमाडौं- पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज सुनको मूल्य तोलामा नाैँ सय रुपैयाँ बढेकाे छ भने चाँदीको मूल्य ४६५ रुपैयाँले घटेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ४२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च रहेकाे छ ।
गत आइतबार छापावाल सुन प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा र चाँदी चार हजार १०५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन दुई लाख ६१ हजार ७०० सय रुपैयाँ पुग्यो भने चाँदी चार हजार २३५रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य दुई लाख ६७ हजार २०० रुपैयाँ र चाँदी चार हजार २५५ रुपैयाँमा किनबेच भएको थियो ।