काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१० बस्ने तनहुँ भिमाद गाउँपालिका-५ घर भएका ३२ वर्षीय रोविन जि.आर र काठमाडौं महानगरपालिका-७ बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-६ घर भएकी ४८ वर्षीया गीता माया मगर रहेका छन् ।
पक्राउ मध्ये रोविनले पोर्चुगल पठाइदिछु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र गीताले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध
अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रोविनलाई काठमाडौं महानगरपालिका-१४ बाट र गीतालाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।