काठमाडौं- रमेश शेसी र सरिता गोतामे महारको स्वर ‘सारंगीको साथी’ सार्वजनिक भएको छ । जीवनका संघर्ष, पीडा र संवेदनालाई सारंगीको मर्मस्पर्शी धुनसँग समेटदै जिवनका विभिन्न आयामलाई गीतमा समेटिएको छ । सारंगीको पीडा मिश्रित धुन, भावनात्मक शब्द र कलाकारको सशक्त अभिनय भएकाे ‘सारंगीको साथी’ सार्वजनिक भएको हाे ।
टेकम पाण्डे ‘जिज्ञासु’को शब्द तथा सरिता गोतामे महारको संगीत र पूर्ण साम्योगको एरेन्जमा रहेको गीतमा खडक बाजुराली मिक्सिङ्ग तथा मास्टरिङ्गले गरेका छन्। डेनिस खनालको छायाँकन , दिनेशको मुस्कानको सम्पादनमा भिडियो तयार गरिएको छ । गीतमा जिवनका सधर्षलाई निकै मार्मिक रुपमा शब्दमा व्यक्त गरिएको छ । गीतको भिडियोमा आयुष्मा कार्की (केशरी) र दिनेश मुस्कान मुख्य भूमिकामा देख्न सकिन्छ ।
साथै तुकमान बीके, अनिता साउद, अभिषेक लाम्साल, सिता पाण्डे र प्रयास कुमारको पनि अभिनय रहेको छ। भिडियोको निर्देशन तथा सम्पादन दिनेश मुस्कानले गरेका हुन् भने डीओपी तथा एरियल सिनेमाटोग्राफी डेनिस खनालले सम्हालेका छन्। सहायक निर्देशक तुकमान बीके (गोपाल) रहेका छन्।
‘सारंगीको साथी’ले श्रोता तथा दर्शकको मन छुने गीत बन्ने अपेक्षा गरिएको छ ।