Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #बादल’
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ७, २०८२

काठमाडौं- अमेरिकाका विभिन्न सात सहरमा बस्ने नेपाली जातिका प्रतिभाबीच भएको गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीय किशोरी आर्या खनाल प्रथम भएकी छिन्  । त्यसैगरी  नृत्य प्रतिस्पर्धामा कोलम्बसकै १३ वर्षीय खुसी अधिकारी विजयी भएकी छन् । 

नेपाली जातिहरुको बाक्लो बस्ती भएका ओहायोको कोलम्बस, एक्रोन, सिन्सिनाटी तथा पेन्सिलभेनियाको ह्यारिसवर्ग, ल्यानकास्टर, पिट्सवर्ग र स्क्रान्टनका  प्रतिभाहरुले भाग लिएका थिए । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा ओहायोको एक्रोनमा भेला भएका यी प्रतिभाहरुबीच यही डिसेम्बर २० र २१ मा प्रतियोगिता आयोजना भएको थियो ।

प्रस्तुतिमा गायनतर्फ सिन्सिनाटीका दिगान्त गुरुङ दोस्रो भएका थिए भने नृत्यतर्फ ल्यानकास्टरकी आयुसा चापागाई दोस्रो भएको फाउण्डेसनले विज्ञप्तिमार्फत जनाएको छ । त्यसैगरी कोलम्बसकै कुञ्जन सुवेदी गायनतर्फ तेस्रो भइन भने ह्यारिसवर्गकी सामन्था क्षेत्री नृत्यतर्फ तेस्रो पुरस्कार जित्न सफल भइन ।अमेरिकामै जन्मे हुर्केका नेपाली जातिका बालबालिका र किशोर किशोरीहरुलाई नेपाली कला संस्कृतितर्फ आकर्षित गर्ने चुनौतीपूर्ण कार्य विगत १० वर्षदेखि निरन्तर गरिहेको बताउँदै फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भुटानबाट लखेटिनु पर्दा नछाडेको नेपाली संस्कृतिलाई पुस्तान्तरणको अभियानमा सबैको साथको अपेक्षा गरे ।

Hardik health

विजेताहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्दै उनले नेपाली जातिको पहिचान लिएर गर्वका साथ जीवन जीउन सिकाउन फाउण्डेसनले सात सहरहरुमा सातवटा नेपाली नृत्य र संगीतका कक्षाहरु सञ्चालन गरिरहेको जानकारी दिए । यी कक्षाहरुमा एक हजार ३०० नेपाली मूलका बालबालिका, किशोर किशोरीहरु अध्ययनरत छन् । 

यी विद्यार्थीहरुबाट विद्यालयमै गइ अडिसन गराइ छानेर ल्याइएका १०-१० जनाका विद्यार्थीका समूहबीच गराइएको नृत्य प्रतियोगितामा पेन्सिलभेनियाको ल्यान्काष्टर समूह प्रथम भयो भने पेन्सिलभेनियाकै ह्यारिसवर्ग समूह दोस्रो र ओहायोको कोलम्बस समूह तेस्रो भएको छ ।

प्रतिस्पर्धामा एकल गायन, एकल नृत्य र समूह नृत्यमा प्रथम हुनेले तीन हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् भने दोस्रो हुनेले दुई हजार र तेस्रो हुनेले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । गायन प्रतियागिताको निर्णायकम अञ्जु पन्त, सुजता वर्मा र गायक अर्जुन रसाइली थिए भने नृत्यतर्फका निर्णायकमा दिलीप रायमाझी, सारङ्गा श्रेष्ठ र नृत्यविद् आरती शर्मा थिए । 
कार्यक्रम संयोजक चन्द्र पराजुलीका अनुसार गायनतर्फ २२ जना प्रतिस्पर्धी र नृत्यतर्फ ३४ जना सहभागी थिए । सामूहिक नृत्यतर्फ छ वटा समूहले प्रतिस्पर्धा गरेका थिए ।


प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक बिहीबार, चैत १९, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक बुधबार, चैत १८, २०८२
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति सोमबार, चैत १६, २०८२
चलचित्र ‘पाँच पाण्डव’ छायांकन हुँदै
चलचित्र ‘पाँच पाण्डव’ छायांकन हुँदै आइतबार, चैत १५, २०८२
हामी तीन भाइ प्रदर्शनमा
हामी तीन भाइ प्रदर्शनमा शुक्रबार, चैत १३, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP