Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • एनसेल फाउन्डेसनले एनपिएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने 
एनसेल फाउन्डेसनले एनपिएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २, २०८२

काठमाडौं - एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका बेलामा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार चार सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।

प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै, एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चार वटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । गत वर्ष सुरु गरिएको यस पहलले क्रिकेटको उत्साहलाई अर्थपूर्ण शैक्षिक सहयोगसँग जोड्दै आएको छ र खेल मैदानमा प्रहार भएका चौकाहरुले विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुर्याउँदै आएको छ । यो पहलले एनसेल फाउन्डेसनको शिक्षा प्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

यो वर्षको एनपीएलका क्रममा ९९ जना खेलाडीले कुल ६०७ वटा चौका प्रहार गरेका थिए, जसका आधारमा दुई हजार चार सय २८ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित भएको छ । पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ वटा चौका प्रहार गर्दै १२४ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरे । त्यस्तै, २६ वटा चौकासहित लुम्बिनी लायन्सका डार्सी सर्ट दोस्रो स्थानमा रहँदै १०४ वटा शैक्षिक सामग्री सुनिश्चित गरे भने सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले २३ वटा चौका प्रहार गर्दै ९२ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् ।

Hardik health

यो शैक्षिक सामग्री वितरण गर्ने पहलको उद्देश्य विद्यार्थीहरूलाई आवश्यक शैक्षिक स्रोतको अभाव सम्बोधन गर्दै सिकाइमा सहयोग पु¥याउनु रहेको छ । यसरी प्रदान गरिने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्रीहरू समावेश हुन्छ ।

“यस अर्थपूर्ण सामाजिक पहलमा योगदान पु¥याउनु हुने सबै खेलाडीहरूलाई हामी हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं । उहाँहरूको प्रदर्शनले मैदानमा आफ्ना टिमलाई मात्र सशक्त बनाएको छैन, हरेक चौकाले विद्यार्थीको पठनपाठनमा पनि सहयोग पुर्याएको छ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक बिषाखा लक्ष्मी खड्काले भनिन् । “गत वर्षझैं यस वर्ष पनि सम्बन्धित सरोकारवालाहरूसँग सहकार्य गर्दै यस्ता स्रोतको सबैभन्दा बढी आवश्यक पर्ने सरकारी विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी यी शैक्षिक सामग्रीहरू वितरण गर्नेछौं ।”

यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहेको थियो । कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई रु. २५,००० नगद पुरस्कार प्रदान गरेको थियो । साथै, पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले दोस्रो संस्करणमा सबैभन्दा धेरै चौका प्रहार गरेकाले एनसेलबाट रु. २,००,००० नगद पुरस्कार प्राप्त गरेका थिए ।

गत वर्ष, एनपीएलको पहिलो संस्करणमा प्रहार भएका ६५३ चौकाबाट फाउन्डेसनले २,६१२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धता बमोजिम २,६१२ सामग्रीसहित, फाउन्डेसनले देशभर ९,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो, जसले हजारौ विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीमार्फत सशक्त बनाएको छ । यो वर्ष पनि शैक्षिक सामग्रीहरूको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकायहरू र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिनेछ ।
 


प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एनआईसी  बैंककाे ग्लोबल मनी विक २०२६मा सातै प्रदेशका ४ हजार बढी लाभान्वित
एनआईसी बैंककाे ग्लोबल मनी विक २०२६मा सातै प्रदेशका ४ हजार बढी लाभान्वित बुधबार, चैत ११, २०८२
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश बुधबार, चैत ११, २०८२
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक–२०२६ मा सम्पन्न
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक–२०२६ मा सम्पन्न बुधबार, चैत ११, २०८२
ग्लोबल मनि विकमा सिटिजन्स बैंककाे ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न
ग्लोबल मनि विकमा सिटिजन्स बैंककाे ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न मंगलबार, चैत १०, २०८२
दाङका तीन सन्तानका एक्लाे ज्यालादारी  विपन्न परिवारलाई भिजी फाउन्डेसनको आर्थिक सहयोग
दाङका तीन सन्तानका एक्लाे ज्यालादारी विपन्न परिवारलाई भिजी फाउन्डेसनको आर्थिक सहयोग सोमबार, चैत ९, २०८२
मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूई  “अवसरको झोला”
मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूई  “अवसरको झोला” सोमबार, चैत ९, २०८२
विश्व पानी दिवसमा ‘नबिल स्वच्छ खानेपानी अभियान’
विश्व पानी दिवसमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ आइतबार, चैत ८, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP