काठमाडाैं- साेमबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८८५ रुपैयाँ निर्धारण भएको छ ।
साेमबार सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ७० रुपेयाँमा कारोबार भएको थियो ।