काठमाडाैं - माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि भ्रष्टाचार गरेको आरोपपत्र दायर साेमबार भएकाे छ । जिल्ला धनुषाकाे विदेह नगरपालिका-२ स्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरसमेत गरी २ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानीसहित भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएकाे हाे ।उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 बमोजिमको कसूर भएकोले निज प्रतिवादीहरुलाई देहाय बमोजिमको कसूरमा देहाय बमोजिम सजायको मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हाे ।
प्रधानाध्यापकले आ.व. 2078/079 मा ICT ल्याब स्थापना तथा आ.व. 2079/080 को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा IT ल्याव स्थापना तथा Digital Library सुदृढीकरण कार्यक्रम अन्तर्गत गुणस्तरहीन कम्प्युटर खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने समेत ब्यहोराको प्राप्त उजुरी परेकाे थियाे ।
यस सम्बन्धमा अनुसन्धान हुँदा शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र तत्कालीन लेखापाल अरुण कुमार कुशियैतले आपसी मिलेमतो तथा योजनामा आफ्नो पद ओहदाको दुरुपयोग गरी आफ्नो जिम्मामा रहेको सरकारी सार्वजनिक सम्पत्ती हिनामिना हानिनोक्सानी तथा दुरुपयोग गर्ने बदनियतले आ.व.२०७६/०७७ मा ICT ल्याब व्यवस्थापन शीर्षकमा विदेह नगरपालिकाबाट प्राप्त रु. ६,५०,०००।- बाट ICT ल्याब सम्बन्धी सामाग्रीहरू खरिद नगरी भुक्तानी लिई लाभ प्राप्त गरेकाे अनुसन्धानले आरोपपत्रमा उल्लेख छ ।
उक्त कार्य कसूर ढाकछोप गर्न गराउन उक्त ICT ल्याब सम्बन्धी सामाग्रीहरु खरिद गरेको भनी विदेह नगरपालिकालाई झुट्टा तथा गलत प्रतिवेदन पेश गरे गराएको स्थापित भएको, सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली,२०६४ अनुसार ICT ल्याव सामाग्री खरिद गर्दा कुनै पनि प्रक्रिया पुरा नगरीकन पछि प्रक्रिया पुरा गरेको देखाउन नक्कली कोटेशन खडा गरेको/गर्न लगाएको, खरिद आदेश, दाखिला प्रतिवेदन, खर्च नहुने समानहरूको जिन्सी खाता लगायतका अभिलेख राखेको नदेखिएको पाइएपछि थप अनुसन्धान गरिएकाे आरोपपत्रमा उल्लेख छ ।
, त्यसैगरी, आ.ब.२०७८/०७९ को ICT ल्याब व्यवस्थापन कार्यको लागि खरिद गरिएको रु.87,500।–मूल्य वरावरको प्रोजेक्टर तथा आ.व.२०७९/०८० मा ICT ल्याब व्यवस्थापनको लागि खरिद गरिएको मूल्य रु.१,२४,६५२।६५ मूल्य वरावरको School Software र Stand हाल विद्यालयको अभिलेखमा रहेको नदेखिंदा निज प्रतिवादी धनिकलाल ठाकुरले उक्त सामाग्रीको दुरुपयोग गरेको तथ्य स्थापित भएकोले जम्मा रु.८,६२,१५२।६५ (आठ लाख बैसठ्ठी हजार एक सय बाउन्न रुपैंया पैसठ्ठी पैसा मात्र) श्री शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र तत्कालीन लेखापाल अरुण कुमार कुशियैतले आपसी मिलेमतो तथा योजनामा सरकारी सार्वजनिक सम्पत्ती हिनामिना हानिनोक्सानी तथा दुरुपयोग गरेको हुँदा निजहरुमाथि आरोपपत्रमा बिगाे दाबी गरिएकाे छ ।