Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बागमती_प्रदेशसभा
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
  • #लुम्बिनी_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • प्रधानाध्यापकमाथि भ्रष्टाचार गरेको आरोपपत्र दायर
प्रधानाध्यापकमाथि भ्रष्टाचार गरेको आरोपपत्र दायर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २९, २०८२

काठमाडाैं -  माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि भ्रष्टाचार गरेको आरोपपत्र दायर साेमबार भएकाे छ ।  जिल्ला धनुषाकाे विदेह नगरपालिका-२ स्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरसमेत गरी २ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानीसहित भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएकाे हाे ।उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 बमोजिमको कसूर भएकोले निज प्रतिवादीहरुलाई देहाय बमोजिमको कसूरमा देहाय बमोजिम सजायको मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हाे ।

प्रधानाध्यापकले आ.व. 2078/079 मा ICT ल्याब स्थापना तथा आ.व. 2079/080 को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा IT ल्याव स्थापना तथा Digital Library सुदृढीकरण कार्यक्रम अन्तर्गत गुणस्तरहीन कम्प्युटर खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने समेत ब्यहोराको प्राप्त उजुरी परेकाे थियाे । 

यस सम्बन्धमा अनुसन्धान हुँदा  शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र तत्कालीन लेखापाल अरुण कुमार कुशियैतले आपसी मिलेमतो तथा योजनामा आफ्नो पद ओहदाको दुरुपयोग गरी आफ्नो जिम्मामा रहेको सरकारी सार्वजनिक सम्पत्ती हिनामिना हानिनोक्सानी तथा दुरुपयोग गर्ने बदनियतले आ.व.२०७६/०७७ मा ICT ल्याब व्यवस्थापन शीर्षकमा विदेह नगरपालिकाबाट प्राप्त रु. ६,५०,०००।- बाट ICT ल्याब सम्बन्धी सामाग्रीहरू खरिद नगरी भुक्तानी लिई लाभ प्राप्त गरेकाे अनुसन्धानले आरोपपत्रमा उल्लेख छ । 

Hardik health

उक्त कार्य कसूर ढाकछोप गर्न गराउन उक्त ICT ल्याब सम्बन्धी सामाग्रीहरु खरिद गरेको भनी विदेह नगरपालिकालाई झुट्टा तथा गलत प्रतिवेदन पेश गरे गराएको स्थापित भएको, सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली,२०६४ अनुसार ICT ल्याव सामाग्री खरिद गर्दा कुनै पनि प्रक्रिया पुरा नगरीकन पछि प्रक्रिया पुरा गरेको देखाउन नक्कली कोटेशन खडा गरेको/गर्न लगाएको, खरिद आदेश, दाखिला प्रतिवेदन, खर्च नहुने समानहरूको जिन्सी खाता लगायतका अभिलेख राखेको नदेखिएको पाइएपछि थप अनुसन्धान गरिएकाे आरोपपत्रमा  उल्लेख छ । 

, त्यसैगरी, आ.ब.२०७८/०७९ को ICT ल्याब व्यवस्थापन कार्यको लागि खरिद गरिएको रु.87,500।–मूल्य वरावरको प्रोजेक्टर तथा आ.व.२०७९/०८० मा ICT ल्याब व्यवस्थापनको लागि खरिद गरिएको मूल्य रु.१,२४,६५२।६५ मूल्य वरावरको School Software र Stand हाल विद्यालयको अभिलेखमा रहेको नदेखिंदा निज प्रतिवादी धनिकलाल ठाकुरले उक्त सामाग्रीको दुरुपयोग गरेको तथ्य स्थापित भएकोले जम्मा  रु.८,६२,१५२।६५ (आठ लाख बैसठ्ठी हजार एक सय बाउन्न रुपैंया पैसठ्ठी पैसा मात्र) श्री शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र तत्कालीन लेखापाल अरुण कुमार कुशियैतले आपसी मिलेमतो तथा योजनामा सरकारी सार्वजनिक सम्पत्ती हिनामिना हानिनोक्सानी तथा दुरुपयोग गरेको हुँदा निजहरुमाथि आरोपपत्रमा बिगाे दाबी गरिएकाे छ । 

 


प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ शुक्रबार, जेठ ८, २०८३
फरार प्रतिवादी सात वर्षपछि पक्राउ
फरार प्रतिवादी सात वर्षपछि पक्राउ शुक्रबार, जेठ ८, २०८३
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित १७ जना पक्राउ बुधबार, जेठ ६, २०८३
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP