काठमाडौं- कवि, नाटककार तथा गीतकार गणेश खड्काको शब्द रचना रहेको गीत “तिमी पुग्यौ धेरै टाढा” को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । म्युजिक भिडियो गीतकारको आफ्नै युट्युब च्यानल गणेश खड्का मार्फत् शुक्रबार सनर्वजनिक भएको हो
“तिमी पुग्यौ धेरै टाढा
हिँड्नेलाई बाटो रै’छ
छोडी गयौ सबै आफ्ना
बस्नेलाई माटो रै’छ”
भन्ने स्थायी पंक्तिले गीतले प्रवासी जीवन, प्रेम र समर्पणको गहिरो भाव बोकेको छ । प्रवासमा रहेर साहित्य सिर्जनामा सक्रिय खड्काका यी शब्दहरूलाई गायक नवीन खनाल र गायिका रजिना रिमालले स्वर दिएका छन् ।
अडियोसँगै दृश्य पक्षलाई पनि महत्व दिँदै गीतको म्युजिक भिडियो निर्माण गरिएको छ । गीतकार सेसेल्समा, सङ्गीतकार दुबईमा तथा गायिका र अन्य भिडियो टिम नेपालमा रहेर अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट यो साङ्गीतिक कर्म सम्पन्न गरिएको छ ।
साहित्यका विविध विधामा कलम चलाउँदै आएका खड्काका यसअघि पनि दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन् । उनका नाटकसग्रह, कवितासग्रह तथा सम्पादित कृतिहरू प्रकाशित छन् । हाल उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्षसमेत हुन्
अन्तरजातीय प्रेम सम्बन्धको संघर्षपूर्ण कथालाई समेटिएको गीत अन्ततः आपसी समर्पण, सङ्कल्प र प्रेमले जीवन सफल हुन्छ भन्ने सकारात्मक सन्देशसहित सुखान्त रूपमा टुंगिन्छ ।
म्युजिक भिडियोमा दृश्य सुवेदी र रुषा नेउपानेले सशक्त अभिनय गरेका छन् । गीतको सङ्गीत संयोजन रिकेश गुरुङले गरेका हुन् भने छायाङ्कन हरि हुमागाईं, निर्देशन तथा सम्पादन शिव पुरीको रहेको छ ।