काठमाडाैं - गायक, गीतकार तथा मोडल अशोक विष्टको स्वर रहेको नयाँ लोकगीत ‘मिठो मिठो बोली’ सार्वजनिक भएको छ । उक्त गीतलाई लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सार्वजनिक गरेका हुन्।
गीतमा मौलिक कला, धर्म, संस्कृति, मेलापात, बेठी, चाडपर्व, रत्यौली-ठट्यौली लगायत विभिन्न जातजाति र धर्मबीचको एकता, माया र प्रेमको कथावस्तुलाई समेटिएको छ ।गीतमा स्वर अशोक विष्ट र अस्मिता न्यौपानेले दिएका छन् भने संगीत र निर्देशन सरोज प्याकुरेलले गरेका छन्।
यस्तै, एरेन्ज वरिष्ठ एरेन्जर मनोहर सुनामले र रेकर्डिङ-मास्टरिङ भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा सम्पादन गरेका हुन्। सुमधुर स्वरमा प्रस्तुत यो गीतको भिडियोमा पुनम दाहाल, अशोक बिष्ट सहित क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीहरूको आकर्षक अभिनय गरिएको छ।
गीतको नृत्य निर्देशन विद्यालयकी नृत्य शिक्षिका कमला चुधारले गरेकी छन् भने कोरियोग्राफी देवेन्द्र कुँवरले गरेका छन्।उनका ‘सानु तिमीले’, छिट्टै मान्छे हामी‘ र फर्की आउन साथी सङ्गी ‘ लगायत २० वटा रचना गरिसकेका छन् ।गीत अशोक विष्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजिनक गरिएको हो। राष्ट्र सेवामा समर्पित विष्टले गीतसङ्गीतलाई निरन्तर दिइरहेका छन् । उनको यो पछिल्लो कोशेली हुन् । उनी हाल लिखु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुन् ।