काठमाडौं- आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।
निजले काठमाडौँको सिनामंगलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनले भने, “छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुंगाबाट पक्राउ गरेका छौँ, उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।”
असइ कार्कीले सिनामंगलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ ।