Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २१, २०८२

धरान - याक्थुङ समुदायको भाषा, पहिचान तथा सामाजिक जीवनलाई आदिम र मौलिक शैलीमै प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको पालामी कथानक चलचित्र ‘मिम्लेन फुङ’ देशव्यापी प्रदर्शनको तयारी छ । याक्थुङ आर्ट फिल्म्सको ब्यानरमा तयार भएको चलचित्रले याक्थुङ जनजीवनको मौलिक सौन्दर्य, प्रेम, सामाजिक संरचना र आत्मसम्मानका सङ्घर्षलाई केन्द्रमा राखेर कथा बुनेको निर्देशक रवि शेर्माले जानकारी दिए ।

चलचित्रको छायांकन ताप्लेजुङका सिकैचा, कुन्जारी, पाङभे, हेन्छेबुङ र वरुक्पा क्षेत्रका प्राकृतिक परिवेशमा गरिएको हो । याक्थुङ सांस्कृतिक जीवनशैली प्रत्यक्ष प्रतिविम्बित हुने भौगोलिक आधारका कारण चलचित्रले ग्रामीण समुदायको वास्तविकता सजीव रूपमा उतारेको निर्देशक शेर्माको भनाइ छ ।

यी स्थान केवल छायांकनका लागि चयन गरिएका भूभागमात्र नभई याक्थुङ समुदायको सांस्कृतिक स्मृति बोकेका जीवितस्थलसमेत रहेको निर्माण टोलीले जनाएको छ । गाउँका कच्ची भिरालो बाटो, पाखापखेराका खेत, यालाङ, केलाङजस्ता सांस्कृतिक अभ्यास हुने खुला चौर, स्थानीय घरपरिवारको पुरानो संरचनालगायतका दृश्यले चलचित्रको कलात्मकता र मौलिकता थप उजागर गरेको छ ।

छायांकनका अधिकांश दृश्य स्थानीय बस्तीको दैनिकीसँग घनिष्ठ रूपमा जोडिएका छन् । बिहान, साँझका घरायसी गतिविधि, सामुदायिक भेटघाट, चरन पाखामा गुञ्जिने बाँसुरीका धुन, पालामका स्वर र गाउँको सामूहिक जीवनशैली । यी तत्वले चलचित्रलाई केवल कथा नभई सांस्कृतिक दस्तावेजका रूपमा महत्व बढाएको निर्देशक शेर्माको भनाइ छ ।

Hardik health

याक्थुङ समुदायका ज्येष्ठ नागरिकदेखि युवापुस्तासम्म फिल्म निर्माणमा प्रत्यक्ष रूपमा संलग्न गरिएकाले स्थानीय बोली, पहिरन, संस्कार, संस्कृति र भावभङ्गीमा कुनै कृत्रिमता नरहेको निर्माण पक्षले बताएको छ । प्राकृतिक प्रकाश, स्थानीय वातावरण र मौसमका उतारचढावलाई यथास्थान समावेश गरिएकाले चलचित्रले हिमाली–पहाडी जनजीवनको सौन्दर्यलाई थप प्रभावकारी ढङ्गले प्रस्तुत गरेको निर्देशक शेर्माले बताए। 

त्यही कारण ‘मिम्लेन फुङ’ केवल मनोरञ्जनका लागि बनाइएको चलचित्रमात्र नभई याक्थुङ पहिचान, भूसंस्कृति र सामूहिक चेतनाको अभिलेखका रूपमा अर्थपूर्ण बनेको निर्माण टोलीले जनाएको छ । चलचित्रकी मूल पात्र हरिमाया (हरिमाया मादेन) आत्मसम्मानयुक्त दृढ युवती हुन् । उनीसँगै तीनताले ठूले (जीवन केदेम्बा)को प्रेमयात्रा पनि कथाको मूल पृष्ठभूमिमा रहन्छ । बाल्यकालदेखि यालाङ र बाँसुरीका सांस्कृतिक धुनमा बाँधिएका यी दुई पात्रको सम्बन्ध उमेरसँगै प्रेममा विकसित भए पनि सामाजिक मान्यता, पारिवारिक दबाब र पुराना परम्परागत बन्धनका कारण विवाहमा परिणत हुन सक्दैन ।

सामाजिक बन्धनबाट निस्कन खोज्दै हरिमायाले भारतीय सेनामा कार्यरत छेवाङ तामाङसँग विवाह गर्छिन् । तर विवाहपछि छेवाङ युद्धमा वीरगति प्राप्त गरेपछि हरिमाया फेरि सामाजिक पूर्वाग्रह, आरोप र अपमानका बीच मानसिक रूपमा कठोर जीवन बिताउन बाध्य हुन्छिन् । ‘पोइ टोकुवा’, ‘अलच्छिनी’जस्ता तल्लो दर्जाका आरोपले उनले भोगेको पीडा चलचित्रको मुख्य संवेदनशील पक्ष बनेको छ ।

यी चुनौतीबीच हरिमाया र तीनताले ठूलेको पुनः भेटघाटले दबिएको प्रेम फेरि जागृत भए पनि समाजले विधवा तथा ‘असामाजिक’ ठहरिने पात्रलाई कसरी हेर्छ भन्ने प्रश्नले हरिमायालाई अन्ततः आत्मसम्मानको बाटो रोज्न बाध्य बनाउँछ । चलचित्रले याक्थुङ समुदायमा प्रचलित पालाम, यालाङ, हाक्पारेजस्ता सांस्कृतिक अङ्गलाई कथाको केन्द्रमा राखेको छ । प्रेमसँगै मानवीय सम्मान, स्वतन्त्रता र पहिचानको संरक्षणमा जोड दिएको यो चलचित्र याक्थुङ समाजको सांस्कृतिक अन्तरआत्मा उद्घाटन गर्ने प्रयासका रूपमा हेरिएको छ ।

चलचित्रमा हरिमाया र तीनतले ठूले पात्रमार्फत युवापुस्ताको मनोविज्ञान, ग्रामीण समाजको सांस्कृतिक संरचना र परम्पराले थिचिएका जीवनका यथार्थ स्पष्ट रूपमा प्रस्तुत गरिएको छ । पात्रहरूको उत्कृष्ट अभिनय, स्थानीय पर्यटन सम्भावना झल्किने दृश्य र सांस्कृतिक परिवेशले चलचित्रलाई थप जीवन्त बनाएको छ । मुख्य भूमिकामा हरिमाया मादेन र जीवन केदेम्बासहित रेसा आङ्खेवा, कृष्ण लिम्खिम, कुमार लक्सम्वा, कमिता तुम्बापो, सनबहादुर मादेन, आइतरानी मादेनलगायत कलाकारको अभिनयलाई प्रभावशाली मानिएको छ । सबै पात्र कथाअनुकूल देखिनुले स्थानीय कलाकारको क्षमता र सम्भावना उजागर भएको निर्माण पक्षको धारणा छ ।

याक्थुङ भाषा र संस्कृतिमै केन्द्रित चलचित्र निर्माणको निरन्तरताअन्तर्गत ‘मिम्लेन फुङ (प्रेमको फूल)’ अर्को चर्चित परियोजनाका रूपमा अगाडि आएको छ । आशराज बोखिमको कथा पटकथा र रविन शेर्माको निर्देशनमा बनेको यस चलचित्रमा पालाम सम्राट सुवर्ण नेम्वाङका दर्जनौँ पालाम समावेश गरिएका छन् । ना कन्ना निवा मेम्बेक्नाबा, मिम्जिरे तुक्खे मेन्धेक्नाबा । (वर–पर मन नजावस् है, मायाले दुःख छेक्दैन है) चुँजिक्केन एच्छा साआमेम्बी, तुम्मेन्दुम तुरुक्खे चाआमेम्बी (जीवनमै एक्लै विधवा भएँ, नपाएर दुःख धेरै पाएँ) सुमधुर पालामकार नेम्वाङले भने, “मैले सम्झनामा रहेका तथा आफ्नै आँखाले देखेका यथार्थ घटनालाई पालाममा उतार्ने गरेको छु ।”


प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०९:४७
#मिम्लेन फुङ
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP