Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #राष्ट्रिय अपांग महिला संघ
  • #एमालेको महाधिवेशन
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं- पछिल्लो समय प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका छन् । पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा   दिइएकाे  चलचित्र विकास बोर्डले जनाएकाे हाे । 

केही वर्ष अगाडिसम्म चाडपर्वमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन् ।

चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ले  सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ । चलचित्र भवनमा प्रदर्शनरत ‘परान’, ‘जेरी अन टप’, ‘जारी २’, ‘मन विनाको धन’ लगायतका चलचित्रमा दर्शकको चाप उस्तै छ । आजदेखि प्रदर्शन भएको चलचित्र ‘अभिमन्यू: च्याप्टर १’ मा पनि दर्शकको आकर्षण बढेको पाइएको छ । उल्लिखित चलचित्रमा नेपाली समाज, परिवेश, सङ्घर्ष र प्राकृतिक सुन्दरता लगायतका विषयलाई कदरमा राखिएको छ । 

गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत चलचित्र ‘परान’ले घरेलुबजारमा १६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ । पारिवारिक कथामा तयार भएको उक्त चलचित्रले स-परिवारलाई चलचित्र भवनसम्म ल्याउन सफल भएको निर्देशक दीपकप्रसाद आचार्यले बताए । 

Hardik health

“हाम्रो चलचित्रलाई दर्शकले आफैँले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौँ, बुबाछोराको कथालाई धेरै दर्शकले आफ्नो कथा रहेको प्रतिक्रिया दिनुभएको छ, मैले मेरो परिवारको कथालाई चलचित्रमा ढालेर तयार गरेको हुँ, यो कथा अहिले प्रायः घर समाजसँग जोडिन्छ भन्नेमा विश्वस्त थिएँ”, निर्देशक आचार्यले भने  । 

नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गरेकाे उक्त चलचित्रमा बुबाछोराको कथालाई देखाइएको छ । उक्त चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्‍जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन्  ।  चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति बलियो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रप्रतिको आकर्षण बढेको देखिँदैछ । घरेलु बजारमा नेपाली चलचित्रले गरिरहेको कमाईले समग्र चलचित्र क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठले बताए । 

“घरेलुबजारमा नेपाली चलचित्रले गरिरहेको रिपोर्ट हेर्ने हो भने चलचित्र भवनमा रहेका सबै नेपाली चलचित्रमा दर्शकको उपस्थिति देखिएको छ, यसले दर्शकले नेपाली चलचित्र हेर्ने चाहेको स्पष्ट सन्देश दिएको छ, अब विदेशी चलचित्र नभई स्वदेशी चलचित्र नै कमाईका हिसाबले अगाडि आउँछन्, यो तथ्य स्थापित हुँदैछ”, वितरक श्रेष्ठले भने । 

उनले दर्शकको विश्वास जित्ने चलचित्र आगामी दिनमा पनि तयार गर्न निर्माता तथा निर्देशकलाई आग्रह गरेका छन्। निर्देशक पुर्नेन्दु झाले पनि पछिल्लो समय नेपाली चलचित्र हेर्ने प्रचलन बढेको महसुस गरेको बताए । विशेष प्रदर्शनी वा चलचित्र भवनमा पुगेर प्रदर्शन भएका प्रायः चलचित्र हेर्ने गरेको उनले जानकारी दिए । 

“म चलचित्र निर्देशक भएकाले पनि प्रदर्शन भएका प्रायः चलचित्र हेर्छु, धेरै चलचित्र दर्शकसँगै बसेर सार्वजनिक प्रदर्शनमा हेर्ने गरेको छु, पहिलेको तुलनामा दर्शक बढेका छन्, साथै दर्शक सन्तुष्ट पनि छन्, यही क्रम बढ्ने हो भने नेपाली चलचित्रले विदेशी चलचित्रलाई विस्तारै विस्थापित गर्छ”, निर्देशक झाले भने । 

उनले नेपाली चलचित्र हेर्ने दर्शक बढ्नु, व्यावसायिक घराना आकर्षित हुने समग्र चलचित्र क्षेत्रकै लागि सुखद हुने विश्वास व्यक्त गरे । केही वर्ष अगाडिसम्म दसैँ, तिहार, नयाँ वर्ष लगायतका बिदामा विदेशी चलचित्रकै वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय भने नेपाली चलचित्रले विदेशीलाई विस्थापित गरिरहेको छ । 

सोही कारण चलचित्र वितरकले महङ्गो मूल्यमा विदेशी चलचित्र नेपाल ल्याउन छाडेका छन् । यो नेपाली चलचित्रका लागि समग्रमा सुखद संकेत हो । 


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक
‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक शुक्रबार, मंसिर १९, २०८२
स्थायी बसोबासका लागि संघर्ष गर्नेको कथामा आधारित ‘पिआर’
स्थायी बसोबासका लागि संघर्ष गर्नेको कथामा आधारित ‘पिआर’ बिहीबार, मंसिर १८, २०८२
‘फ्यान चल्यो घामको धुपैमा’  सार्वजनिक
‘फ्यान चल्यो घामको धुपैमा’ सार्वजनिक बिहीबार, मंसिर १८, २०८२
चलचित्र ‘कुमारी’को पहिलो गीत सार्वजनिक
चलचित्र ‘कुमारी’को पहिलो गीत सार्वजनिक मंगलबार, मंसिर १६, २०८२
 ‘काफल गेडी कुटुक्कै’ को दोस्रो भाग ‘साँघुरी काटेर’ सार्वजनिक
 ‘काफल गेडी कुटुक्कै’ को दोस्रो भाग ‘साँघुरी काटेर’ सार्वजनिक मंगलबार, मंसिर १६, २०८२
चलचित्र विधेयक फिर्ता माग्नुका कारण सुन्नुपर्छः मन्त्री खरेल
चलचित्र विधेयक फिर्ता माग्नुका कारण सुन्नुपर्छः मन्त्री खरेल सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP