Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं- पछिल्लो समय प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका छन् । पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा   दिइएकाे  चलचित्र विकास बोर्डले जनाएकाे हाे । 

केही वर्ष अगाडिसम्म चाडपर्वमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन् ।

चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ले  सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ । चलचित्र भवनमा प्रदर्शनरत ‘परान’, ‘जेरी अन टप’, ‘जारी २’, ‘मन विनाको धन’ लगायतका चलचित्रमा दर्शकको चाप उस्तै छ । आजदेखि प्रदर्शन भएको चलचित्र ‘अभिमन्यू: च्याप्टर १’ मा पनि दर्शकको आकर्षण बढेको पाइएको छ । उल्लिखित चलचित्रमा नेपाली समाज, परिवेश, सङ्घर्ष र प्राकृतिक सुन्दरता लगायतका विषयलाई कदरमा राखिएको छ । 

गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत चलचित्र ‘परान’ले घरेलुबजारमा १६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ । पारिवारिक कथामा तयार भएको उक्त चलचित्रले स-परिवारलाई चलचित्र भवनसम्म ल्याउन सफल भएको निर्देशक दीपकप्रसाद आचार्यले बताए । 

Hardik health

“हाम्रो चलचित्रलाई दर्शकले आफैँले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौँ, बुबाछोराको कथालाई धेरै दर्शकले आफ्नो कथा रहेको प्रतिक्रिया दिनुभएको छ, मैले मेरो परिवारको कथालाई चलचित्रमा ढालेर तयार गरेको हुँ, यो कथा अहिले प्रायः घर समाजसँग जोडिन्छ भन्नेमा विश्वस्त थिएँ”, निर्देशक आचार्यले भने  । 

नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गरेकाे उक्त चलचित्रमा बुबाछोराको कथालाई देखाइएको छ । उक्त चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्‍जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन्  ।  चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति बलियो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रप्रतिको आकर्षण बढेको देखिँदैछ । घरेलु बजारमा नेपाली चलचित्रले गरिरहेको कमाईले समग्र चलचित्र क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठले बताए । 

“घरेलुबजारमा नेपाली चलचित्रले गरिरहेको रिपोर्ट हेर्ने हो भने चलचित्र भवनमा रहेका सबै नेपाली चलचित्रमा दर्शकको उपस्थिति देखिएको छ, यसले दर्शकले नेपाली चलचित्र हेर्ने चाहेको स्पष्ट सन्देश दिएको छ, अब विदेशी चलचित्र नभई स्वदेशी चलचित्र नै कमाईका हिसाबले अगाडि आउँछन्, यो तथ्य स्थापित हुँदैछ”, वितरक श्रेष्ठले भने । 

उनले दर्शकको विश्वास जित्ने चलचित्र आगामी दिनमा पनि तयार गर्न निर्माता तथा निर्देशकलाई आग्रह गरेका छन्। निर्देशक पुर्नेन्दु झाले पनि पछिल्लो समय नेपाली चलचित्र हेर्ने प्रचलन बढेको महसुस गरेको बताए । विशेष प्रदर्शनी वा चलचित्र भवनमा पुगेर प्रदर्शन भएका प्रायः चलचित्र हेर्ने गरेको उनले जानकारी दिए । 

“म चलचित्र निर्देशक भएकाले पनि प्रदर्शन भएका प्रायः चलचित्र हेर्छु, धेरै चलचित्र दर्शकसँगै बसेर सार्वजनिक प्रदर्शनमा हेर्ने गरेको छु, पहिलेको तुलनामा दर्शक बढेका छन्, साथै दर्शक सन्तुष्ट पनि छन्, यही क्रम बढ्ने हो भने नेपाली चलचित्रले विदेशी चलचित्रलाई विस्तारै विस्थापित गर्छ”, निर्देशक झाले भने । 

उनले नेपाली चलचित्र हेर्ने दर्शक बढ्नु, व्यावसायिक घराना आकर्षित हुने समग्र चलचित्र क्षेत्रकै लागि सुखद हुने विश्वास व्यक्त गरे । केही वर्ष अगाडिसम्म दसैँ, तिहार, नयाँ वर्ष लगायतका बिदामा विदेशी चलचित्रकै वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय भने नेपाली चलचित्रले विदेशीलाई विस्थापित गरिरहेको छ । 

सोही कारण चलचित्र वितरकले महङ्गो मूल्यमा विदेशी चलचित्र नेपाल ल्याउन छाडेका छन् । यो नेपाली चलचित्रका लागि समग्रमा सुखद संकेत हो । 


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP