काठमाडौं - नबिल बैंकले तीन वटा महत्वपूर्ण विधामा अवार्ड जितेको छ । भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा नबिल बैंकले अवार्ड जितेको छ ।
बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेविट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in Consumer Debit Cards Business Principal client), एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ (Excellence in Contactless – Issuing) र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in E– Commerce Acquiring Business Principal Client) विधामा अवार्ड जितेको हो ।
काठमाडौंस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकलाई ती अवार्ड प्रदान गरेकाे हाे । अवार्ड ग्रहणपछि नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईले उक्त उपलब्धिले आफूहरुलाई थप ऊर्जा प्रदान गरेको बताए । उनले उक्त उपलिब्धको श्रेय बैंकका कार्डवाहक ग्राहक, व्यवसायी तथा कर्मचारीलाई जाने बताए ।