काठमाडौं- आज बजारमा सुनचाँदीको मूल्य बढेकाे छ । बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेकाे छ ।
आज एक तोला सुनको मोल दुई लाख ४८ हजार ८०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार एक तोला सुनको मोल दुई लाख ४७ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेकाे छ । चाँदीको मूल्य प्रतितोला तीन हजार २ सय २० रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला चाँदीको मूल्य तीन हजार २०० रुपैयाँमा काराेबार भएको थियाे ।