Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
  • #जसपा
  • #स्याकार_कम्पनी
Search Here
समाचार
  • Home
  • समाचार
  • चलचित्र विधेयकमा संशोधन आवश्यक भएकाे मन्त्री खरेलकाे भनाइ
चलचित्र विधेयकमा संशोधन आवश्यक भएकाे मन्त्री खरेलकाे भनाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ३, २०८२

काठमाडौं– सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक संशोधन गर्नुपर्ने बताएका छन् । उनले , चलचित्र विधेयक २०८१ अपुरो रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने बताएका  हुन्  ।  

उनले ५६ वर्षपछि आएको विधेयक समयसापेक्ष हुन नसकेको उल्लेख गर्दै आवश्यक संशोधनसहित चलचित्र विधेयकलाई अझ परिष्किृत र विवादरहित बनाउन राष्ट्रियसभाको विधायन समितिसमक्ष आग्रह गरे ।  समितिको आजको बैठकमा चलचित्र विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले विधेयकलाई दर्शक, निर्माता, नियमनकर्तालगायत सरोकारवाला पक्षबाट समेत हेर्दा आफूले १० प्रतिशत मात्र संशोधन भएको पाएको टिप्पणी गर्दै आवश्यक परे पुनर्लेखन गर्नुपर्ने धारणा व्यक्त गरे ।      

'मैले चार वटा ‘लेन्स’ प्रयोग गरेर विधेयक अध्ययन गरे । पहिला दर्शक भएर हेरे यो विधेयक नेपाली जनता जसले सिनेमा हेर्छ । दोस्रो मैले सिनेमा बनाउने पक्षबाट हेरेँ तेस्रो मैले यसलाई चाहिने सहजीकरण र नियमन गर्ने निकाय भएर हेरेँ र चौथोे ग्लोबल ‘प्रस्पेक्टिभ’बाट हेरेँ', उनले भने, 'यी चारै लेन्सबाट हेर्दा यो विधेयकमा ५६ वर्षपछि आएकोजस्तो संशोधन भएको छैन । यसलाई २० देखि ३० प्रतिशत पुर्‍याउन सकियो भने समय अनुकूल हुन्छ । आवश्यक परे ४० प्रतिशत नै पुर्‍याउनुपर्ने हो कि !'
    
मन्त्री खरेलले चलचित्र क्षेत्रमा नियमनभन्दा पहिला सहजीकरण र सुविधा दिनुपर्नेमा जोड दिनुभयो । चलचित्र कुन मन्त्रालयअन्तर्गत रहने भन्ने बहसमा मन्त्री खरेलले चलचित्र क्षेत्र स्वभाविक रूपमा सञ्‍चार, दृश्य–श्रव्य, प्रविधि र उत्पादनसँग जोडिने भएकाले सञ्‍चार मन्त्रालयकै मातहत राख्नुपर्ने तर्क राखे।  उनले सेन्सर बोर्डमाथि उठाइएका चिन्ता र चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मौलिकपन र सर्जनशील पक्षको संरक्षण गर्नेगरी ‘सेन्सर’को प्रावधान राख्नुपर्नेमा जोड दिए । 

Hardik health

मुलुकको समसामयिक राजनीतिक प्रसंग उल्लेख गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्‍चारमन्त्री खरेलले प्राप्त कार्यादेशबमोजिम आगामी फागुन २१ गते निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट  पारे ।
तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नेगरी आवश्यक तयारी गरिहेकाले त्यसमा सहयोग गर्न अनुरोध गर्दै मन्त्री खरेललेनिर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरोकारवाला पक्षसँग चरणबद्धरुपमा छलफल गरिरहेको सरकारले राजनीतिक पार्टीहरूसँगको संवादलाई निरन्तरता दिनेक्रममा आज बैठक आयोजना गरेको जानकारी दिए । 

प्रस्तावित चलचित्र विधेयकमाथि व्यक्तिगत र सामुहिक गरी १० वटा समूहमा छलफल गरिएको छ । सो विधेयकमाथि १८९ बुँदामा संशोधन परेको छ । यस समितिका सदस्यबाहेक २० जना अन्य सांसद्कोे संशोधन परेको समिति सचिव मनोजकुमार गिरीले जानकारी दिए । समितिका सदस्य एवं संशोधनकर्ता रेणु चन्द, झक्कुप्रसाद सुवेदी, डा अन्जान शाक्य, कृष्णबहादुर रोकाय, तारामान स्वाँर, पदमबहादुर परियार र मदनकुमारी शाहलगायतले नेपाली चलचित्र उद्योग गम्भीर संकटमा परेको उल्लेख गर्दै यसलाई मनोरञ्‍जन मात्र नभई सामाजिक रूपान्तरण, सांस्कृतिक प्रभाव र आर्थिक उद्यमको रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरे ।  

कलाकारको जीवन कठिन बन्दै गएको, लगानीकर्ता निरुत्साहित भएको र प्रविधिको तीव्र विकाससँगै प्रतिस्पर्धा गर्न नसकेकोजस्ता मुद्दा सांसदहरूले उठाएका थिए ।   यसैगरी विदेशी चलचित्र छायांकनका लागि सहजीकरण गर्न भइरहेको व्यावहारिक समस्यादेखि विधेयकमा अधिकार प्रत्यायोजनको विषयमाथि सांसदहरुले सैद्धान्तिक धारणा राखेका थिए  ।     


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चलचित्र ‘लोकन्ती’  प्रदर्शनमा आउँदै
चलचित्र ‘लोकन्ती’  प्रदर्शनमा आउँदै बुधबार, मंसिर ३, २०८२
नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा सुब्बा निर्वाचित
नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा सुब्बा निर्वाचित मंगलबार, मंसिर २, २०८२
‘द ब्ल्यू लाइट’को पोस्टरमा रिसाएका पाँच कलाकार
‘द ब्ल्यू लाइट’को पोस्टरमा रिसाएका पाँच कलाकार सोमबार, मंसिर १, २०८२
सामाजिक न्यायको उठानमा  ‘कठै म त’ 
सामाजिक न्यायको उठानमा  ‘कठै म त’  सोमबार, मंसिर १, २०८२
चौलागाईको ‘जन्मदिनलाई सतकर्ममा जोडेर मनाऔं’ गीत सार्वजनिक
चौलागाईको ‘जन्मदिनलाई सतकर्ममा जोडेर मनाऔं’ गीत सार्वजनिक आइतबार, कात्तिक ३०, २०८२
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गते प्रदर्शन हुँदै
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गते प्रदर्शन हुँदै आइतबार, कात्तिक ३०, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP