Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • चलचित्र विधेयकमा संशोधन आवश्यक भएकाे मन्त्री खरेलकाे भनाइ
चलचित्र विधेयकमा संशोधन आवश्यक भएकाे मन्त्री खरेलकाे भनाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ३, २०८२

काठमाडौं– सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक संशोधन गर्नुपर्ने बताएका छन् । उनले , चलचित्र विधेयक २०८१ अपुरो रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने बताएका  हुन्  ।  

उनले ५६ वर्षपछि आएको विधेयक समयसापेक्ष हुन नसकेको उल्लेख गर्दै आवश्यक संशोधनसहित चलचित्र विधेयकलाई अझ परिष्किृत र विवादरहित बनाउन राष्ट्रियसभाको विधायन समितिसमक्ष आग्रह गरे ।  समितिको आजको बैठकमा चलचित्र विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले विधेयकलाई दर्शक, निर्माता, नियमनकर्तालगायत सरोकारवाला पक्षबाट समेत हेर्दा आफूले १० प्रतिशत मात्र संशोधन भएको पाएको टिप्पणी गर्दै आवश्यक परे पुनर्लेखन गर्नुपर्ने धारणा व्यक्त गरे ।      

'मैले चार वटा ‘लेन्स’ प्रयोग गरेर विधेयक अध्ययन गरे । पहिला दर्शक भएर हेरे यो विधेयक नेपाली जनता जसले सिनेमा हेर्छ । दोस्रो मैले सिनेमा बनाउने पक्षबाट हेरेँ तेस्रो मैले यसलाई चाहिने सहजीकरण र नियमन गर्ने निकाय भएर हेरेँ र चौथोे ग्लोबल ‘प्रस्पेक्टिभ’बाट हेरेँ', उनले भने, 'यी चारै लेन्सबाट हेर्दा यो विधेयकमा ५६ वर्षपछि आएकोजस्तो संशोधन भएको छैन । यसलाई २० देखि ३० प्रतिशत पुर्‍याउन सकियो भने समय अनुकूल हुन्छ । आवश्यक परे ४० प्रतिशत नै पुर्‍याउनुपर्ने हो कि !'
    
मन्त्री खरेलले चलचित्र क्षेत्रमा नियमनभन्दा पहिला सहजीकरण र सुविधा दिनुपर्नेमा जोड दिनुभयो । चलचित्र कुन मन्त्रालयअन्तर्गत रहने भन्ने बहसमा मन्त्री खरेलले चलचित्र क्षेत्र स्वभाविक रूपमा सञ्‍चार, दृश्य–श्रव्य, प्रविधि र उत्पादनसँग जोडिने भएकाले सञ्‍चार मन्त्रालयकै मातहत राख्नुपर्ने तर्क राखे।  उनले सेन्सर बोर्डमाथि उठाइएका चिन्ता र चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मौलिकपन र सर्जनशील पक्षको संरक्षण गर्नेगरी ‘सेन्सर’को प्रावधान राख्नुपर्नेमा जोड दिए । 

Hardik health

मुलुकको समसामयिक राजनीतिक प्रसंग उल्लेख गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्‍चारमन्त्री खरेलले प्राप्त कार्यादेशबमोजिम आगामी फागुन २१ गते निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट  पारे ।
तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नेगरी आवश्यक तयारी गरिहेकाले त्यसमा सहयोग गर्न अनुरोध गर्दै मन्त्री खरेललेनिर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरोकारवाला पक्षसँग चरणबद्धरुपमा छलफल गरिरहेको सरकारले राजनीतिक पार्टीहरूसँगको संवादलाई निरन्तरता दिनेक्रममा आज बैठक आयोजना गरेको जानकारी दिए । 

प्रस्तावित चलचित्र विधेयकमाथि व्यक्तिगत र सामुहिक गरी १० वटा समूहमा छलफल गरिएको छ । सो विधेयकमाथि १८९ बुँदामा संशोधन परेको छ । यस समितिका सदस्यबाहेक २० जना अन्य सांसद्कोे संशोधन परेको समिति सचिव मनोजकुमार गिरीले जानकारी दिए । समितिका सदस्य एवं संशोधनकर्ता रेणु चन्द, झक्कुप्रसाद सुवेदी, डा अन्जान शाक्य, कृष्णबहादुर रोकाय, तारामान स्वाँर, पदमबहादुर परियार र मदनकुमारी शाहलगायतले नेपाली चलचित्र उद्योग गम्भीर संकटमा परेको उल्लेख गर्दै यसलाई मनोरञ्‍जन मात्र नभई सामाजिक रूपान्तरण, सांस्कृतिक प्रभाव र आर्थिक उद्यमको रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरे ।  

कलाकारको जीवन कठिन बन्दै गएको, लगानीकर्ता निरुत्साहित भएको र प्रविधिको तीव्र विकाससँगै प्रतिस्पर्धा गर्न नसकेकोजस्ता मुद्दा सांसदहरूले उठाएका थिए ।   यसैगरी विदेशी चलचित्र छायांकनका लागि सहजीकरण गर्न भइरहेको व्यावहारिक समस्यादेखि विधेयकमा अधिकार प्रत्यायोजनको विषयमाथि सांसदहरुले सैद्धान्तिक धारणा राखेका थिए  ।     


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP