काठमाडौं - सरित राईको संगीत एवं अरेन्जमेन्टमा तयार भएको गीत "लैजाउ कि कतै मलाई" सार्वजनिक भएको छ । लोक फ्युजन शैलीको लिरिकल गीतमा मिलन विश्वकर्मा, सलिना बीके र आशिष महरले आवाज दिएका हुन् ।
तीन जनाको सामूहिक स्वरमा सजिएको गीतले प्रेम, चाहना र पुरानो दिनको सम्झनालाई विषय बनाएको छ । गीतलाई शैलेश गिरीले रचना गरेका हुन् ।यो गीत नेपाल आइडल सिजन ६ का प्रतिभा र म्युजिक नेपालबीचको सहकार्यमा सिर्जना गरिने १२ गीतमध्येको एउटा गीत हो ।
संगीतमा नेपालको अग्रिनी संस्था म्युजिक नेपालले आइडलको सिजन ६ का प्रतिभालाई अवसर दिने सम्झौताअनुरुप यो गीतको सृजना गरिएको हो । यो गीतमा स्वर दिने मिलन विश्वकर्मा नेपाल आइडल सिजन ६ का प्रतिस्पर्धी हुन् ।
प्रस्तुत गीतको ध्वनि डिजाइन, मिक्सिङ र मास्टरिङ मुम्बईमा काम गर्दै आएका इन्जिनियर आर्यमान सार्कीले गरेका हुन् । गीतमा बाँसुरी, तन्मय मणि (पश्चिम बंगाल), सितार, शुभंकर हजारिका (असम) र गितार एलुहिन इयाजको रहेको छ । नेपाल आइडल सिजन ६ को उपाधि गंगा सोनामले जितेकी थिइन् । "लैजाउ कि कतै मलाई" म्युजिक नेपालको आधिकारिक च्यानलहरूमा उपलब्ध छ।