Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर
महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २६, २०८२

विराटनगर-  प्रदेशकै ठूलो सरकारी अस्पताल कोशी अस्प्तालमा दिनहुँ बिहान ८ बजेदेखि भीड लाग्ने गर्दछ । बिरामीका आफन्तहरुलाई उपचार चिन्ताको चिन्ता देखिन्छ । कोही आपत्कालीन कक्ष अगाडि रुँदै धकेलिँदै स्ट्रेचर गुड्छन्, कोही औषधिको पर्चा लिएर दौडिरहेका छन्, कोही डाक्टरको खोजीमा छन् । 

अस्पतालको पर्खालले हरेकका पीडा सुनेको छ । तर, महिनावारी भएका व्यक्तिहरुले हरेक दिन सुनाउने पीडा आजसम्म अस्पताल, चिकित्सक कसैले सुन्न भ्याएको छैन । तर अस्पतालमा हुँदा महिनावारी हुने हरेकले एउटै वाक्य उच्चारण “ओहो यो ठाउँमा महिनावारी हुन नपरोस्, महिनावारी भयो भने, उपचारभन्दा ठूलो पीडा हुन्छ ।”

प्रदेशको प्रमुख स्वास्थ्य सेवा प्रदायक संस्थाहरू कोशी अस्पतालदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म महिनावारीमैत्री शौचालय नहुँदा महिलाहरुले उपचारका बेला असहजता मात्र होइन, आफ्नो मर्यादा नै गुमाउनु परेको अनुभव गर्दछिन् ।

बेलबारीकी ३४ वर्षीया रुपा कोइरालाले महिनावारीकै समयमा अस्पतालमा बस्नु परेपछि आफूले निर्णय गरेको बताइन्, “अब महिनावारी हुँदा सरकारी अस्पताल कहिल्यै आउने छैन ।” कोशी अस्पतालको स्त्री तथा प्रसूति वार्डमा भेटिएकी उहाँले भन्नुभयो, “महिनावारी भएको तीन दिन भयो, डस्टबिन छैन, भएको भरिएको छ, फोहोर छरिएको छ, पानी छैन, गोपनीयता पनि छैन, प्याड कहाँ र कसरी फर्ने ?” अस्पताल रहेकाले बेला सङ्क्रमणको डरले शौचालय प्रयोग गर्न नसकेको उनको अनुभव छ ।  

Hardik health

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) सासुलाई उपचार गराउन पुगेकी झापाकी अम्बिका भण्डारी पनि महिनावारीको समयमा अस्पतालमा समय बिताउनुपरे निकै कठिन हुने बताउनुहुन्छ । “फोहोर र अव्यवस्थित शौचालयका कारण मलाई त बिरामी नै बनायो, महिनावारीको समय अन्य समयभन्दा बढी पानी सरसफाइको आवश्यक पर्छ, बगेको रगत सफा गर्नै प¥यो, पानी हुँदैन, प्याड फेर्ने व्यवस्थित ठाउँ हुन्न, यस्तो बेला आफूलाई कसरी सफा र सुरक्षित राख्ने ?”, लामो श्वास लिँदै उनले पनि अत्यास सुनाइन्। 

रुपा कोइराला र अम्बिका भण्डारीजस्ता सयौँ महिलाले यही अवस्थासँग दैनिक रूपमा जुध्नुपर्छ । प्रदेशका अधिकांश सरकारी अस्पतालहरुमा पनि महिनावारीमैत्री पूर्वाधारको अभावले महिनावारी भएका महिलालाई मात्र होइन, नर्स र स्वास्थ्यकर्मीलाई पनि असहज बनाएको छ ।  प्रदेशका अधिकांश सरकारी अस्पतालमा महिनावारीमैत्री पूर्वाधारको अभाव छ । पुरानो संरचना, अपर्याप्त सरसफाइ, गोपनीयताको कमी र प्याड मिल्काउने भाँडाको अभाव हरेक दिन महिनावारी हुने सयौँले समस्या झेलिरहेका छन् । कोशी अस्पतालकी एक नर्स भनिन् , “महिनावारी हुँदा काममा आउँदा नै डर लाग्छ । स्टाफकै लागि सुविधायुक्त शौचालय छैन भने बिरामीको त के अवस्था होला ?”

महिनावारीमैत्री पूर्वाधारको अभावले अस्पतालमा आउने महिलाले शारीरिक र मानसिक पीडा बेहोर्छन् । अस्पतालमा पानी, साबुन, प्याड फ्याक्ने भाँडो र गोपनीयता नभएपछि उनीहरू स्वास्थ्य सेवा लिन जाँदै गर्दा नै असजिलो भएको महसुस गर्छन् । कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रुणा झा पनि यो समस्या स्वीर्कानुहुन्छ । “शौचालय व्यवस्थित गर्न खोज्छौँ, तर पुरानो संरचना र बजेट अभावले समस्या बढाएको छ । आगामी योजनामा सुधार गर्ने तयारीमा छौँ”, उहाले भनिन् । तर अस्पतालमा कार्यरत नर्सहरूका अनुसार कर्मचारीकै लागि पनि महिनावारीमैत्री शौचालय छैन ।

स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशका तथ्याङ्कअनुसार प्रदेशभर ३९ वटा सरकारी अस्पताल सञ्चालनमा छन् । तीमध्ये महिनावारीमैत्री शौचालय भएका अस्पताल औँलामा गन्न सकिने मात्रै छन् । सरकारले निःशुल्क स्वास्थ्य सेवा घोषणा गरे पनि महिलाका लागि स्वच्छ पानी, साबुन, प्याड फ्याक्ने भाँडो (डस्टबिन) र गोपनीयताको न्यूनतम् व्यवस्था अझै सुनिश्चित छैन ।

मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ मा मात्र पोस्टमार्टम भवन, म्याटरनिटी वार्ड निर्माणमा करिब रु ८० लाखभन्दा बढी रकम खर्च भएको देखिन्छ, तर महिलामैत्री शौचालय निर्माणका लागि भने एक रुपैयाँ पनि छुट्याइएको छैन । यो तथ्याङ्कले स्वास्थ्य पूर्वाधार विकासका योजनाहरू निर्माणमुखी त छन्, तर तिनले महिलाको सहजता र स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा ल्याउन सकेका छैनन् भन्ने प्रष्ट हुन्छ । 

महिनावारीका बेला शौचालय खोज्दै अस्पताल परिसरमा भौँतारिनुपर्ने अवस्था केबल व्यक्तिगत असहजता मात्र होइन, सरकारी नीतिमा संवेदनशीलताको कमीको प्रत्यक्ष उदाहरण हो । स्वास्थ्य संस्थामा पुग्ने महिलालाई सुरक्षित, स्वच्छ र निजीपनयुक्त शौचालयको आवश्यकता प्राथमिक अधिकार हो, तर योजना र बजेटमा त्यसका लागि छुट्टै शीर्षक नहुनु, स्वास्थ्य प्रणालीभित्रको असमान दृष्टिकोणको सङ्केत हो । 

सन् २०२४ मा सार्वजनिक लैङ्गिक समानता र गरिमापूर्ण महिनावारी प्रतिवेदनले नीति राम्रो छन्, तर कार्यान्वयन कमजोर र अनुगमन अस्पष्ट रहेको समस्या औँल्याएको छ । सरकारले विद्यालयका लागि महिनावारीमैत्री वातावरण निर्माण निर्देशिका तयार गरेको छ तर अस्पतालका लागि यस्ता मापदण्ड अझै बनेका छैनन् । अस्पतालमा महिनावारी हुने र नहुने व्यक्तिमध्ये महिनावारी हुने व्यक्तिकै उपस्थिति बढी हुन्छ । 

महिनावारीमैत्री शौचालय भन्नाले स्वच्छ, गोप्य, सुरक्षित शौचालय जहाँ सफा पानी, साबुन, महिनावारी प्याड फेर्न सहज हुने, हातमा झोला छ भने झुण्ड्याउने ठाउँ भएको, प्याड सुरक्षित ढङ्गबाट विसर्जन र विश्रामको सुविधा हुन्छ । त्यसलाई स्वास्थ्य अधिकारको आधारसँग पनि जोडेर हेर्न सकिन्छ ।

निर्देशिका, कार्यविधि, आचारसंहिता संस्थाले बनाए पनि कानुन निर्माण गर्ने थलो संसद हो । प्रदेशका सबै सार्वजनिक सस्थाका लागि प्रदेश सभाले मर्यादित महिनावारीमैत्री कार्यालयको नीति बनाउन सक्छ तर कानुन बनाउने प्रदेशसभा महिनावारी व्यवस्थापनमा आफैँ सकसमा छ । प्रदेशसभा सदस्य कमला दर्नाल भन्छिन्, “हामी नीति बनाउने ठाउँमा छौँ तर संसद्भित्र नै महिनावारीमैत्री शौचालय छैन ।”

अर्की सांसद निमसरी राजवंशी थप्नुहुन्छ, “महिनावारी समस्या होइन, प्राकृतिको चक्र हो । तर यसलाई लाजको विषय बनाइँदा महिलाले अनावश्यक कठिनाइ भोग्छन् ।” उपसभामुख सिर्जना दनुवार महिनावारी स्वच्छता, मर्यादा र पहुँचको विषय भएको ठान्छिन् । उनले संसद्मा महिनावारीमैत्री पूर्वाधार र महिनारी प्याडको सहज उपलब्धताका लागि बजेट सुनिश्चित गर्न माग गरेको उनले सुनाइन्  । उनले भनिन्, ‘‘अस्पताल, संसद् वा कुनै पनि सार्वजनिक सस्थामा महिनावारी व्यवस्थापनलाई ध्यानमा राखेर शौचालयको व्यवस्थापन नगर्नु पनि महिला माथिको विभेद हो । त्यो, मानवअधिकार, स्वास्थ्य अधिकारको हनन् हो ।” 

मर्यादित महिनावारी भन्नाले महिनावारीलाई लाज, विभेद होइन, मानवअधिकार र मर्यादाको  दृष्टिले बुझ्ने सोच हो । महिनावारी भएको पाँच दिन र नभएको २५ दिन समान व्यवहार हुने अवस्था हो । मर्यादित महिनावारी सिद्धान्तका प्रतिपादक डा राधा पौडेलका अनुसार मर्यादित महिनावारी दृष्टिकोणले प्याडलाई तीन ‘पी’ का आधारमा जोड दिन्छ अर्थात् पर्सन (व्यक्तिको छनोट), प्लानेट (पर्यावरणमैत्री प्याड) र पकेट (सामथ्र्य अनुसारको पहुँच) । तर नेपालका अस्पतालमा यी तीनवटै पक्ष हराएका छन् उनले भेन भनिन्  ।

पौडेलका अनुसार महिनावारीको बेला महिनावारी हुने व्यक्तिले मर्यादित सेवा लिन पाउनुपर्छ । शौचालय मात्र होइन, स्वास्थ्यकर्मीको दृष्टिकोण र नीति निर्माणमै मर्यादित महिनावारी दृष्टि आवश्यक छ । तर, प्रदेशका अस्पतालमा यीमध्ये कुनै पनि पक्ष सुनिश्चित छैन । महिनावारी प्याडको सहज उपलब्धता छैन, प्रयोग गरेपछि सुरक्षित व्यवस्थापन प्रणाली छैन, पर्यावरणमैत्री महिनावारी प्याडको प्रयोगबारे सचेतना छैन । 

डा पौडेलले भनिन् , “अस्पतालमा महिनावारीमैत्री शौचालय नहुनु केवल पूर्वाधारको कमी होइन, स्वास्थ्य अधिकारको उल्लङ्घन हो । प्याड फ्याक्ने उचित व्यवस्था, सफा पानी, गोपनीयता र प्याड व्यवस्थापनका हिसावले नसोच्नु पनि महिनावारी विभेद हो, शारीरिक मात्र होइन, मानसिक हिंसा हो ।” 

मर्यादित महिनावारीमैत्री पूर्वाधार र शौचालयका विषयमा आजसम्म सञ्चारमाध्यमले पनि मुख्य मुद्दा बनाएको छैन । स्वास्थ्य पत्रकार मञ्चकी सल्लाहकार कल्पना आचार्य भनिन् , “मिडियाले मर्यादित महिनावारीमैत्री पूर्वाधारबारे लगातार प्रश्न उठाउनुपर्छ । जबसम्म सरसफाइ र गोपनीयतालाई समाचार प्राथमिकता दिइँदैन, नीति कार्यान्वयनमा दबाब पर्दैन ।” उनका अनुसार महिला स्वास्थ्यका विषय मिडियामा उठ्दा मात्रै नीति तहमा गम्भीरता बढ्छ । पत्रकारहरूले अस्पतालको वास्तविक अवस्थाबारे रिपोर्टिङ गरे समाजमा दबाब सिर्जना हुन्छ ।” 

मर्यादित महिनावारीमैत्री शौचालय केबल सुविधा होइन, यो महिला स्वास्थ्य, सम्मान र समान अधिकारसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो । सरकार, अस्पताल प्रशासन, स्वास्थ्यकर्मी, मिडिया र नागरिक सबैको साझा जिम्मेवारी छ ।

-रासस 


प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा
भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा मंगलबार, मंसिर २३, २०८२
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण सोमबार, मंसिर २२, २०८२
स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा
स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा सोमबार, मंसिर २२, २०८२
सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम आइतबार, मंसिर २१, २०८२
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति आइतबार, मंसिर २१, २०८२
चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो बिहीबार, मंसिर १८, २०८२
इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह बिहीबार, मंसिर १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP