Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
विचार
  • Home
  • विचार
  • युवा नेतृत्वको खोजी
युवा नेतृत्वको खोजी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २५, २०८२
गम्भीरबहादुर हाडा

 

नेतृत्वको मुख्य काम सही समयमा सही निर्णय लिनु हो । बद्लिँदो परिस्थितिको ठोस विश्लेषण गरी उपयुक्त निर्णय लिनु प्रभावकारी नेतृत्वको विशेषता हो । नेतृत्वले आफ्नो आत्मप्रशंसाका साथै अरुलाई अनावश्यक प्रशंसा र दोषारोपण पनि नगर्ने हिसाबले काम गर्न सक्नुपर्दछ । संस्थामा काम गर्दा र आदेश निर्देश गर्दा विशेषगरी औपचारिक मार्ग प्रयोग बढी प्रभावकारी हुने हुँदा नेतृत्वले यो विषयलाई गम्भीररुपमा लिन सक्नुपर्दछ । 

देश अहिले गम्भीर राजनीतिक संक्रमणमा गुज्रिरहेको छ । सक्षम र इमान्दार नेतृत्व नहुँदा देश यो अवस्थामा आइपुगेको सबैको बुझाइ छ । भर्खरै जेन–जी आन्दोलनले सत्ता नै परिवर्तन गरे पनि फेरि नेतृत्वकै अभाव खड्किएको महसुस आमनेपालीले गरिरहेका छन् । देश साँच्चै नेतृत्वविहीन जस्तै भएको छ । जेन–जी पुस्ताले दुई दिनको आन्दोलनबाटै चमत्कारिकरुपमा ऐतिहासिक परिवर्तन ल्याए पनि त्यो पुस्तामै नेतृत्व अभाव देखिएको छ । जसकारण देशको राजनीतिले सही दिशा समात्न सकेको छैन । देशले नयाँ नेतृत्व, अझ युवा नेतृत्व खोजिरहेको वर्तमान सन्दर्भमा नेतृत्व के हो, नेतृत्वले कसरी एउटा संगठन, समाज वा देशलाई सही दिशामा अगाडि बढाउन सक्छ भन्ने कुरालाई यस लेखमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ । 

‘नेतृत्व’ शब्दलाई स्पष्टरुपमा सजिलै परिभाषित गर्न सकिँदैन । यो अनुयायीहरुलाई प्रोत्साहित गर्ने, स्वेच्छाले कार्य गर्ने, विश्वास जगाउने तथा निष्ठावान् बनाउने गुण हो । नेतृत्व भन्नाले सामूहिक उद्देश्य प्राप्तिका लागि परिस्थितिअनुसार अनुयायीहरुलाई प्रभावित गर्न सक्ने क्षमता वा गुणलाई जनाउँछ । व्यवस्थापकले मातहतका कर्मचारीहरुमा आत्मविश्वास र काम गर्ने भावना जगाउन सक्नुपर्दछ । उसले संगठनात्मक लक्ष्यतर्फ मानिसको प्रयास लगाउन निर्देशित गर्दछ, उत्प्रेरित उत्साहित गर्दछ । एउटा नेता व्यवस्थापक बन्न वा नबन्न पनि सक्तछ तर व्यवस्थापक नेता हुनै पर्दछ । अर्को शब्दमा, व्यवस्थापक आफ्ना मातहतका कर्मचारीहरु वा व्यक्तिहरुलाई उत्साहित एवं नेतृत्व गर्नमा सक्षम हुनुपर्दछ ।

Hardik health

नेतृत्व व्यवस्थापनको अत्यन्तै महŒवपूर्ण कार्य हो । कुशल नेतृत्वविना संगठनको व्यवस्थापन अपूरो र अधुरो हुन्छ । नेतृत्व भनेको खास उद्देश्य पूर्तिका लागि आफ्नो मातहतमा रहेका व्यक्तिहरुलाई उत्साहपूर्वक कार्य गर्न प्रभावित गर्ने प्रक्रिया हो । नेतृत्वसँगै नेता र अनुयायीको सुरुआत हुन्छ । नेता भन्नाले संगठनमा अधिकार प्राप्त व्यक्ति हो । जसले नीति नियमअनुसार निर्देशन दिने अधिकार प्राप्त गरेको हुन्छ । अनुयायी भन्नाले नेताले दिएको निर्देशनअनुरुप कार्य गर्ने व्यक्ति हुन् ।

अनुयायी नभइकन कोही पनि व्यक्ति नेता बन्न सक्तैन । एक नेताले अनुयायीहरुबाट अख्तियार प्राप्त गर्दछ जसले उसलाई नेताको रुपमा स्वीकार्दछन् । त्यसैले अनुयायीविना नेतृत्वको कल्पना पनि गर्न सकिँदैन । जिआर टेरीको भनाइमा– ‘साझा उद्देश्यहरु स्वेच्छापूर्वक हासिल गर्न मानिसहरुलाई प्रभाव पार्ने क्रियाकलाप नै नेतृत्व हो ।’ त्यसैले नेता र अनुयायीहरुका एउटै वा साझा उद्देश्यहरु हुनुपर्दछ । नेतृत्वद्वारा साझा उद्देश्यहरु हासिल गर्न अनुयायीहरुको व्यवहारलाई मार्गदर्शन तथा निर्देशित गर्दछ । यसका लागि नेताले अनुयायीहरुलाई एकत्रित गरी उत्प्रेरित गर्दछ । नेतृत्वको अर्को विशेषता हो, नेता र अनुयायीहरुको एउटै वा समान उद्देश्य हुनु । सामूहिक उद्देश्य प्राप्तिका लागि नेताले नेतृत्व गर्दछ भने अनुयायीहरु पछि लाग्दछन् । तर मूलभूत उद्देश्य स्पष्टरुपले परिभाषित गरिएको हुनुपर्दछ ।

नेतृत्वअन्तर्गत नेता र अनुयायीहरुबीच अख्तियारको असमान वितरण हुन्छ । नेताले अनुयायीहरुलाई निर्देशन गर्दछ भने अनुयायीहरुले नेताको निर्देशनको पालना गर्दछन् । तर अनुयायीहरुले नेताको क्रियाकलापलाई निर्देशित गर्न सक्तैन । नेतृत्व एक निरन्तर चलिरहने प्रक्रिया हो जसमा नेता र अनुयायीहरुबीच नियमित सञ्चार आवश्यक हुन्छ । निर्धारित लक्ष्यहरु हासिल गर्न नेतृत्वले निरन्तररुपमा निर्देशित गर्ने, मार्गदर्शन गर्ने र प्रभाव पार्ने काम गर्नुपर्दछ । नेतृत्व सदैव खास परिस्थितिसँग सम्बन्धित हुन्छ । कुनै विशिष्ट नेतृत्वशैली कुनै परिस्थितिमा सफल हुन्छ भने अर्को परिस्थितिमा असफल पनि हुन सक्तछ । त्यसैले नेताले परिस्थितिअनुकूल उपयुक्त नेतृत्व अपनाउनुपर्दछ । 

विभिन्न परिस्थितिमा अनुयायीहरुले नेताको तानाशाही व्यवहार पनि स्वीकार गर्दछन् भने अर्को परिस्थितिमा सहभागिता नेतृत्वशैलीमात्रै प्रभावकारी हुन सक्तछ । नेतृत्वको अर्को विशेषता हो कार्य सम्बन्ध स्पष्ट हुनु । नेता र अनुयायीहरुले संगठनमा गर्नुपर्ने काम र त्यसको सम्बन्ध स्पष्ट हुनुपर्दछ । उनीहरुको एउटै उद्देश्य हुनाले सो हासिल गर्नका लागि नेता र अनुयायीहरुबीचको कार्यगत सम्बन्ध निश्चित गर्नुपर्दछ । नेताले आफ्नो कार्यसम्पादन गर्नुको साथै अनुयायीहरुलाई सुम्पेको कार्य गर्नमा उनीहरुलाई उत्साहित र आकर्षित गर्दछ । समूहबाट नेतृत्व लिनका लागि नेताको आचरण, व्यवहार, योग्यता उदाहरणीय हुनुपर्दछ । आफ्ना अनुयायीहरुबाट विश्वास प्राप्त गर्न उसले अनुकरणीय आचरण, विशेष क्षमता र दक्षताको प्रदर्शन गर्न सक्नुपर्दछ । उसको आचरणबाट अनुयायीहरुले सिक्ने, प्रोत्साहित हुने र प्रभावित हुने स्थितिको सिर्जना हुन सकोस् । 

नेतामा आफूलाई प्राप्त अधिकार तथा शक्ति प्रयोग गर्ने क्षमता हुनुपर्दछ । अधिकार तथा शक्ति प्रयोग गर्न नसक्ने व्यक्तिले मातहतका कर्मचारीहरुलाई नेतृत्व प्रदान गर्न सक्तैन । मानिसको आवश्यकता, चाहना, भावना तथा व्यवहार फरक–फरक हुन्छन् । तर पनि नेतामा कर्मचारीको त्यस्तो मनोवैज्ञानिक पक्ष पनि बुझ्न सक्ने क्षमता हुनुपर्दछ । आफ्ना अनुयायीको लोकप्रिय बन्न सक्नु पनि नेतामा हुनुपर्ने महŒवपूर्ण गुण हो । सच्चा, इमान्दार, निष्ठावान, लगनशील भई अनुयायीहरुलाई उत्साहित गर्न सक्नुपर्दछ । अनिमात्र कर्मचारीबाट पूर्णक्षमतामा काम लिन सकिन्छ ।

नेता योग्य तथा क्षमतावान् हुनुपर्दछ । परिवर्तित परिस्थितिअनुसार सफलतापूर्वक काम गर्न सक्ने भएमा मात्र नेताले सफल नेतृत्व दिन सक्दछ । नेता काममा विश्वास राख्ने हुनुपर्दछ । संस्थाको उद्देश्य प्राप्तिका लागि कर्मचारीहरुलाई परिचालन गर्नमा नेतृत्वको भूमिका सर्वोपरि हुन्छ । सबै व्यक्ति तथा व्यवस्थापकमा नेतृत्व क्षमता समान रहँदैन । कुनै व्यक्ति आफ्नो कार्यमा सफल हुन्छ भने कतिपय व्यक्तिहरु लक्ष्य प्राप्तिमा असफल हुन्छन् । कुशल व्यवस्थापक हुनका लागि उसमा नेतृत्व क्षमता हुनुपर्दछ । नेतृत्व क्षमताका लागि व्यवस्थापकमा केही मूलभूत गुणहरु हुनुपर्दछ । मानव व्यवस्थापनमा नेतृत्वले महŒवपूर्ण भूमिका निर्वाह गर्दछ । शक्तिको प्रयोग नगरीकन आफ्ना अनुयायीहरुबाट अपेक्षित कार्यहरु गराउने क्षमता नै नेतृत्व हो ।

एक कुशल नेतामा आकर्षक व्यक्तित्व तथा प्रसन्न मुद्रा हुनुपर्दछ । ऊ मानसिक तथा शारीरिक दृष्टिले स्वस्थ एवं सुदृढ हुनुपर्दछ । उसमा शान्त स्वभाव, बोल्ने क्षमता र उचित व्यवहार गर्ने क्षमता हुनुपर्दछ । साथै उसमा कडा परिश्रम गर्ने जाँगर तथा फूर्ति हुनुपर्दछ । एउटा कुशल नेतामा अगुवाइ र पहल गर्ने क्षमता हुनुपर्दछ । व्यवसायको वातावरणमा अत्यधिक अनिश्चितता तथा जटिल हुनाले नेताले निर्णयहरु शीघ्र गर्नुपर्ने हुन्छ । त्यसैले कुशल नेतामा शान्तपूर्वक समस्याहरुको सामना गर्न आत्मविश्वास, कल्पनाशक्ति, सिर्जनात्मक क्षमता र साहस हुनुपर्दछ । एउटा कुशल नेताको स्वभाव सन्तुलित हुनुपर्दछ । यसका लागि नेताले आवेग, अस्थिरता र निराशाजस्ता संवेगहरु त्यागी सहिष्णुताको विकास गर्नुपर्दछ । समस्याको सामना गर्नुपर्दा जहिले पनि ऊ उत्साही र प्रसन्न रहनुपर्दछ ।

कुनै पनि नेता सफल नेता बन्नका लागि उसको स्वभाव लोचदार हुनुपर्दछ । आवश्यकतानुसार अरुका विचारलाई स्वीकारेर आफ्नो विचारलाई परित्याग गर्न पनि तयार हुनुपर्दछ । हरेक क्षेत्र द्रुतगतिमा परिवर्तन भइरहेको अहिलेको परिस्थितिमा लोचदार नीति अपनाउनु महŒवपूर्ण मानिन्छ । एउटा कुशल नेतामा जिम्मेवारीको भावना हुनुपर्दछ । आफूले गरेका सम्पूर्ण निर्णयहरुको जिम्मेवारी आफैंले बहन गर्नुपर्दछ । साथै आफ्ना अनुयायीहरुले गरेका क्रियाकलापहरुको जिम्मेवारी पनि बहन गर्नुपर्दछ । सहायकहरुले उसलाई विश्वास गर्न ऊ विश्वासिलो हुनुपर्दछ । कुशल नेता विश्वासिलो हुनुपर्दछ जोप्रति सहायकहरु भर पर्न सकून् । उसले परिणामका लागि उत्तरदायित्व वहन गर्न तत्पर रहनुपर्दछ । नेता चरित्रवान् हुनुपर्दछ । नेताको सच्चरित्रले अनुयायीहरुको सामु अनुकरणीय उदाहरण प्रस्तुत गर्न सक्नुपर्दछ । उसको आचरण र व्यवहार स्वच्छ हुनुपर्दछ । उसको क्रियाकलाप र मनोवृत्ति नैतिकरुपमा समर्थनीय हुनुपर्दछ । यसका साथै ऊ इमान्दार तथा शिष्ट हुनुपर्दछ ।

एउटा नेता संगठनात्मक लक्ष्यहरुको निर्धारणजस्तो सिर्जनात्मक कार्य गर्न सहभागी हुन्छ । साथै आफ्ना अनुयायीहरुका लागि लक्ष्य तथा नीति निर्माण पनि गर्दछ । अनुयायीहरुको लक्ष्य तथा नीति विश्लेषण गर्ने कार्यमा उसले मार्गदर्शन गर्दछ । नेताले विभिन्न सिर्जनात्मक कार्यहरु– योजना तथा नीतिहरु बनाउने, लक्ष्यहरुको निर्धारण अवगत गराउने, पथप्रदर्शकको रुपमा पनि कार्य गर्दछ । नेतृत्व प्रदान गर्ने व्यवस्थापकको प्रमुख कार्य संगठनात्मक लक्ष्य निर्धारण गर्नु हो । लक्ष्य निर्धारण गर्दा नेताले आफूमा निहित अनुभव, दक्षता र बौद्धिक क्षमताको प्रयोग गर्नुपर्छ । लक्ष्यले संगठनलाई मार्गदर्शन गर्ने हुनाले पनि लक्ष्य निर्धरणमा विशेष सजगता अपनाउनुपर्छ ।

लक्ष्य निर्धारण गर्दा व्यवस्थापकले आफू मातहतका व्यवस्थापक र कर्मचारीहरुको राय, सुझाव र सल्ला लिनु उपयुक्त हुन्छ । एउटा कुशल नेताले संगठनका क्रियाकलापहरु सुनिश्चित गरी कर्मचारीहरुमा क्रमबद्ध तरिकाबाट विभाजन गर्दछ । नेताले उनीहरुबीचको सम्बन्धलाई स्पष्ट पार्दछ जसले गर्दा उनीहरुबीच हुन सक्ने द्वन्द्वलाई कमी गर्दछ । नेताले व्यक्तिगत लक्ष्यहरुलाई संगठनका लक्ष्यहरुसँग एकीकृत गर्दछ जसले सामूहिक हित सिर्जना गर्दछ । उसले समूहका कार्यहरुबारे राम्रो जानकारी राखी सामूहिक प्रयासहरुलाई समन्वय गर्दछ ।

महŒवपूर्ण जानकारी तथा सूचनाबाट सुसूचित, सरोकारवालाका कुरा सुन्न सक्ने, आफ्नो सबल र दुर्बल पक्ष स्वमूल्यांकन, सफल व्यावसायिक नेतृत्वले स्वमूल्यांकनबाट आफ्नो सबल र कमजोर पक्षको जाँच गर्नुपर्दछ । सबल पक्षलाई के कसरी कायम राख्ने र कमजोर पक्ष के कसरी हटाउने भन्ने विषयमा नेतृत्व सधैं सचेत हुनुपर्दछ । अरुलाई अनुशासनमा राख्न सक्ने र आफू पनि अनुशासित तरिकाले सञ्चालन गर्न नेतृत्वको आत्मानुशासन महŒवपूर्ण हुन्छ । आफू अनुशासनमा नबसी अरुलाई अनुशासनमा राख्न सकिँदैन ।

नेतृत्वको मुख्य काम सही समयमा सही निर्णय लिनु हो । बद्लिँदो परिस्थितिको ठोस विश्लेषण गरी उपयुक्त निर्णय लिनु प्रभावकारी नेतृत्वको विशेषता हो । नेतृत्वले आफ्नो आत्मप्रशंसाका साथै अरुलाई अनावश्यक प्रशंसा र दोषारोपण पनि नगर्ने हिसाबले काम गर्न सक्नुपर्दछ । संस्थामा काम गर्दा र आदेश निर्देश गर्दा विशेषगरी औपचारिक मार्ग प्रयोग बढी प्रभावकारी हुने हुँदा नेतृत्वले यो विषयलाई गम्भीररुपमा लिन सक्नुपर्दछ । 
 


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड
एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड बुधबार, मंसिर १७, २०८२
न्यायको खोजीमा भेनेजुएला ! 
न्यायको खोजीमा भेनेजुएला !  मंगलबार, मंसिर १६, २०८२
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ? 
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?  आइतबार, मंसिर १४, २०८२
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द शुक्रबार, मंसिर १२, २०८२
कीर्तिपुरको न्हेगाँ जात्रा
कीर्तिपुरको न्हेगाँ जात्रा शुक्रबार, मंसिर १२, २०८२
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास मंगलबार, मंसिर ९, २०८२
सुकी हजुर आमाको चिम्से नाति ! 
सुकी हजुर आमाको चिम्से नाति !  मंगलबार, मंसिर ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP