Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
विचार
  • Home
  • विचार
  • माछाखेतीको बहुआयमिक लाभ
माछाखेतीको बहुआयमिक लाभ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २३, २०८२
डा. रामचन्द्र भुजेल 

 

नेपालीले औसतमा चार किलोभन्दा कम वार्षिक प्रतिव्यक्ति माछा खाइरहेका छौं । संसारको औसतसम्म पुर्‍याउन हामीले पाँच गुणा बढाउनुपर्छ । माछा पाल्ने क्षेत्र बढाउन बाँझो जमिनमा पोखरी खन्नपर्‍यो । उत्पादकत्व बढाउन कार्प माछामा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ । चाँडो बढ्ने जातहरू जस्तो टिलापिया र पंगासको खेती गर्नुपर्छ । माछामा प्रोटिन, भिटामिन र अन्य पौष्टिक तत्‍वहरू प्रशस्त पाइन्छ । हप्तामा कम्तीमा दुई–तीन पटक माछा खाएपछि स्वस्थ होइन्छ ।

माछाबारे अध्ययन, अनुसन्धान र तालिम कार्यक्रमहरूमा व्यस्त छु । हाल थाइल्याण्ड र नेपालसँगै कम्बोडिया, सिंगापुर तथा एसिया र अफ्रिकाका अन्य देशहरूमा सोही काम गरिरहेको छु । थाइल्याण्ड माछाको व्यावसायिक उत्पादनबारे जान्ने, बुझ्ने र अध्ययन गर्ने ठूलो ठाउँ हो । त्यहाँबाट नेपालमा पंगास, झिंगे र मोती उत्पादन गर्ने जातको माछा पठाएर गहयोग गरिरहेको छु । नेपालमा अहिले ती माछाहरूका साथै टिलापियाको उत्पादन भइरहेको छ । मेरो उच्च शिक्षा र जीवन नै माछासम्बन्धी विज्ञता बढाउने क्षेत्र भएकाले त्यसैमार्फत समुदायलाई सहयोग गर्ने, कार्यपत्र प्रस्तुत गर्ने र अनुभव बाँड्ने कार्यमा ५० जति देशमा पुगेको छु ।

नेपालमा छ हजारभन्दा बढी नदी नाला छन् । ठूलो परिमाणमा पानी त्यतिकै बगेर गइरहेको छ । नदी–नाला, ताल–तलाउमा माछा छन् तर व्यावसायिक खेती गर्ने चलन भने कम छ । अहिले नेपालमा करिब एक लाख १३ हजार टन माछा उत्पादन हुन्छ । जसमा २१ हजार टनजति नदीनालाबाट मारिन्छ । ती माछा गाउँघरतिर नै सकिने हुनाले सहरका लागि करिब १० हजार टनजति भारत र अन्य देशबाट आयात हुन्छ । जसले गर्दा हरेका वर्ष झण्डै तीन अर्ब रुपैयाँ बाहिर जान्छ ।

Hardik health

हामी माछा उत्पादन र उपभोगका हिसाबले अरुका तुलनामा निकै पछाडि छौं । तर उत्पादनको सम्भावना भने धेरै छ । माछा आफैंमा स्वास्थ्य र पोसिलो खानेकुरा हो । संसारमा एउटा व्यक्तिले प्रतिवर्ष करिब २० केजी माछा उपभोग गर्छ । नेपालमा भने प्रतिव्यक्ति खपत चार किलोभन्दा कम छ । थाइल्याण्डमा यो झण्डै ४० किलो छ । मलेसिया, जापान र कोरियामा त ६० केजीसम्म पुगेको छ । यसबाट नेपालमा माछा खानेमा चलन अतिकम देखिन्छ । तथापि, गएको १५ वर्षमा नेपालमा माछा पाल्नुपर्छ र खानुपर्छ भन्ने सोच बढेको छ । माछा उत्पादन बढाउन धेरै प्रयास गरिएको छ । यस विषयमा उच्च शिक्षाको पाठ्यक्रम विकास गरी लागू गर्न सहयोग गरिएको छ । अरु खेतीको तुलनामा माछाका लागि एक पटक पोखरी खनेपछि अलिअलि मर्मत गरी २०औं वर्षसम्म निरन्तर उत्पादन गर्न सकिन्छ ।

मजदुरको अभाव तथा लागतको तुलनामा उत्पादन कम हुन थालेपछि पछिल्लो समय धान, मकै, गहुँको खेती गर्ने किसानको संख्या घटेको छ । जग्गाहरू बाँझो हुन थालेका छन् । त्यो बाँझो जग्गामा पोखरी खन्ने हो भने राम्रो परिमाणमा माछा उत्पादन हुन सक्छ । तराईका चितवन, बारा, रूपन्देहीमा यसको अभ्यास भइरहेको छ । अरु खेती नभई प्रयोगमा नआएका जग्गामा पोखरी खनेर माछा उत्पादन गर्न सकिन्छ । एक हेक्टर जमिनमा धान लगाउँदा चार टनजति उत्पादन हुन्छ । जबकि नेपालको औसत माछा उत्पादन नै डेढ गुणा बढी अर्थात् छ टनजति छ । अनि माछाको मूल्य धानको भन्दा झण्डै १० गुणा बढी छ । त्यही जमिनमा पंगास, टिलापियाजस्ता चाँडो बढ्ने माछा नयाँ प्रविधिको प्रयोग गरी पाल्ने हो भने २० टनदेखि ४० टनसम्म उत्पादन हुन्छ ।

उत्पादन र नाफा हेर्ने हो अरु खेतीको तुलनामा माछाबाट धेरै आम्दानी लिन सकिन्छ । धानखेती र माछापालन पनि सँगसँगै गर्न सकिन्छ । त्यस्तै हाँस, कुखुरा, बंगुर, गाई, भैँसी अनि बाख्रापालन माछासँगै पोखरीमाथि वा डिलहरूमा गर्न सकिन्छ । माछा उत्पादनलाई व्यावसायिक बनाउन सकेमा रोजगारीका नाममा विदेश जाने युवालाई यही राम्रो अवसर प्रदान गर्न सकिन्छ । सुरुआती दिनमा पोखरी खन्न केही पैसा लाग्छ । तर यसमा सरकारले पनि सहयोग गरिररहेको छ । माछापालनबाट राम्रो लाभ लिन सकिने विषयबारे राम्रो प्रचारप्रसार भएमा विदेश जाने युवाको संख्या पक्कै घट्न सक्छन् । अहिले देशमा युवा जनशक्ति काम नपाएर बरालिएको अवस्था छ । पैसाको ठूलो स्रोत र क्षेत्र भनेको माटो र पानी हो । यसलाई हामीले सही प्रयोग गर्न जान्नुपर्छ । यसमा युवा जनशक्तिलाई प्रेरित गर्नुपर्छ । माछा खेती धेरै नै फाइदाजनक छ ।

नेपालमा माछाका लागि उपयुक्त हावापानी र सम्भावनाको क्षेत्र पहिलो तराई नै हो । समथर मैदान तथा गर्मी हावा पानीमा माछा चाँडो बढ्छ । त्यसकारण पनि तराईतिर बढी माछा उत्पादन हुन्छ । त्यसपछि चुरे पर्वत आसपासका खोच तथा फाँटमा पनि माछाखेती राम्रो हुन्छ । हामीले रामपुर क्याम्पससँग मिलेर चितवनमा माछापालनको परियोजना सञ्चालन गरी पछि नवलपरासी, लमजुङ र गोर्खाका केही गाउँमा पनि माछापालन फैलाएका थियौं । नेपालका उच्च पहाडी भेगतिर ट्राउट माछा उत्पादनको राम्रो सम्भावना छ । उदाहरणका लागि कास्की वा पोखरा नजिक र ककनीमा केही ट्राउट फार्म छन् । त्यस क्षेत्रमा पनि अहिलेको भन्दा धेरै गुणा बढी माछा उत्पादन गर्न सकिन्छ । नेपालका ट्राउट सिंगापुरतिरबाट पनि माग आएको भन्ने सुनेको छु । तर धेरै उत्पादन भइरहेको छैन । हाम्रै चिसो पानीमा हुने लोक माछा सहर, असला र गर्दी पनि पालन गर्न सके बजारको कुनै समस्या हुँदैन ।

चितवन, रूपन्देही, बारा, पर्सा, दाङ, कैलाली, रौतहट, सर्लाही, धनुषा र कास्कीलगायतका जिल्ला माछा उत्पादनका हिसाबले अग्रस्थानमा छन् । सरकारले केही जिल्लालाई सुपर जोन, केहीलाई जोन अनि पकेट एरियाका रूपमा अघि बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले यसलाई सहयोग गरेको छ । पछिल्लो समय पहाडी क्षेत्रका गाउँमा पनि किसानले अनुदान लिएर पोखरी बनाइ व्यावसायिकरूपमा माछापालन सुरु गरेका छन् । यहाँको उत्पादन स्थानीय तहमै खपत हुन्छ । नेपाल आफैंमा पनि बजारको राम्रो सम्भावना छ । खेर गइरहेको सानो जग्गामा पनि माछापालन हुन्छ । माछा उत्पादनका क्षेत्रमा थेरै थरी प्रविधिहरू छन्, तिनलाई भित्र्याउनु छ । थोरै लागतमा धेरै उत्पादन गर्ने प्रविधिको प्रयोग गरेर व्यावसायिक माछापालनमा लाग्नु बुद्धिमानी हुन्छ । हावापानीका हिसाबले काठमाडौं वरिपरि पनि माछा उत्पादनको निकै सम्भावना छ । तरकारीजस्तै प्लास्टिक टनेल बनाई पानी तातो पारी तरकारीसँगै माछाखेती गर्न सकिन्छ । तातो हावापानी र तामक्रमअनुसार माछाको उत्पादन निर्भर रहन्छ ।

नेपालमा करिब १३२ प्रजातिका माछा पाइन्छ भनिन्छ । तीमध्ये खेती गर्ने थोरै हुन्छन् । माछाको व्यावसायिक उत्पादनमा संलग्न हुनुअघि कुन माछाले कति उत्पादन दिन्छ । उसको आहारा के हो, के रोग लाग्न सक्छ, त्यसबाट कसरी सुरक्षित तुल्याउने भन्ने आधारभूत ज्ञान किसानलाई हुनुपर्छ । जग्गाको क्षेत्रफल र हावापानीअनुरूप थोरै क्षेत्रफलमा धेरै माछा उत्पादन गरी आम्दानी लिन सकिन्छ । नेपालमा चिसोपानी भएका सुनकोशी, अरुण, लिखु, तमोर, तामाकोशी, कमला, मरिण, बागमती, त्रिशूली, नारायणी, कर्णाली, बबई, भेरी, सेती महाकालीजस्ता नदीनालामा असला, सहर र गर्दीजातका माछा पाइन्छ, जुन धेरै मानिसका जिब्रोमा स्वाद झुण्डिएको हुन्छ । यी माछाहरू ढिलो बढ्छन्, कसरी प्रजनन र उत्पादन हुन्छ भनेर थाहा हुनुपर्छ । माछाखेतीलाई लामो समय लाग्यो भने खर्चिलो हुन्छ । त्यसैले चाँडो बढ्ने माछा चाहिन्छ । नेपालमा कमन, विगहेड, ग्रास, सिल्भर, रहु, नैनी, भाकुर, टिलापिया, पंगासजस्ता माछाको व्यावसायिक उत्पादन गरिँदै आएको छ, जुन छिटो बढ्छन् र किसानलाई फाइदा दिन्छ । अहिले हामीले केही क्षेत्रमा व्यावसायिक माछाखेती गरिए पनि त्यसको उत्पादन कम छ । आधुनिक प्रविधिको प्रयोग गरी हालको उत्पादनमा तीन गुणा बढाउन सकिन्छ, अनि बल्ल युवाहरू यस क्षेत्रमा आकर्षित हुन सक्छन् । स्वदेशमै बस्न चाहने युवालाई माछा व्यवसायले रोजगारी र आम्दानीका हिसाबले राम्रो विकल्प दिनसक्नुपर्छ ।

नेपालीले औसतमा चार किलोभन्दा कम वार्षिक प्रतिव्यक्ति माछा खाइरहेका छौं । संसारको औसतसम्म पुर्‍याउन हामीले पाँच गुणा बढाउनुपर्छ । माछा पाल्ने क्षेत्र बढाउन बाँझो जमिनमा पोखरी खन्नप¥यो । उत्पादकत्व बढाउन कार्प माछामा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ । चाँडो बढ्ने जातहरू जस्तो टिलापिया र पंगासको खेती गर्नुपर्छ । माछामा प्रोटिन, भिटामिन र अन्य पौष्टिक तत्‍वहरू प्रशस्त पाइन्छ । हप्तामा कम्तीमा दुई–तीन पटक माछा खाएपछि स्वस्थ होइन्छ ।

सरकारी तथ्यांकअनुसार नेपालमा बर्सेनि जम्माजम्मी एक लाख १३ हजार टन माछा उत्पादन हुन्छ । करिब १० हजार टन खासगरी पंगास र रहु भारतबाट आयात हुन्छ । केही माछा नर्बे, भियतनाम र अरु देशबाट पनि आयात गरिन्छ । संसारभर करिब ६०० जातका व्यावसायिक माछाका जात पाइन्छ । जमिनमा हुने कीरा फट्यांग्राभन्दा पानीमा हुने माछालगायतका जीवजन्तु धेरै हुन्छन् । तराईका केही जिल्लाबाट माछा भारतमा पनि निर्यात हुन्छ, किनभने उत्तर प्रदेश र बिहारमा तेती माछाखेती छैन । त्यसकारण तराई क्षेत्रमा प्रशस्त माछा उत्पादन गर्नसके भारत निकासी गरेर किसानले मनग्य आम्दानी गर्न सक्छन् ।

जलवायु परिवर्तनको असरजस्तै खडेरीले खोलानाला र तलाउ सुक्यो, पानी कम भयो भने पक्कै पनि असर पर्छ । माछाका लागि बनाएको पोखरीबाट जलवायु परिवर्तनको असर कम गर्नमा मद्दत मिल्छ । पोखरीको वरपर बाख्रा, कुखुरा, सुँगुर, बंगुर, हाँस, खुकुरापालन तथा केराखेती, फलफूल, तरकारी र धान उब्जनी गरेर दोहोरो लाभ लिन सकिन्छ । माछामा खासगरी ब्याक्टेरिया र भाइरस तथा प्यारासाइट वा जुम्राजस्ता रोग लाग्छ जसले गर्दा माछा मर्न सक्छ । पोखरीमा धेरै माछा हालियो तर पानी कम भयो भने अक्सिजनको अभाव भएमा पनि माछा मर्न सक्छन् ।

माछाको खेती बढाउन सबै समुदायको भूमिका रहन्छ । बर्सात्को खहरेका पानी रोकेर राखेर पोखरी बनाउन सकिएमा माछापालनमा सहयोग पुग्छ । हाम्रा कोशी, कर्णाली, गण्डकीजस्ता सबै नदीमा माछा छन् । विद्युत्का लागि बाँध पूरै क्षेत्रमा बनाइएमा माछा खेल्ने र ओहोरदोहोर गर्ने बाटो बन्द हुनसक्छ । नदीनालाको कुनै माछा चिसो पानीमा बस्छन् अनि अण्डा पार्ने बेलामा समुद्रतर्फ जान्छन् । कोही समुद्रबाट फूल पार्न चिसो पानीमा आउँछन् । त्यस्तो ओहोरदोहोर हुन्छ । विद्युत् उत्पादनका लागि बनाइएका बाँधहरूले गर्दा त्यो रोकियो र अण्डा नै पार्न नपाएपछि माछा स्वतः घट्छ नै । नदीमा माछा घट्ने यो एउटा मुख्य कारण हो ।

सुरुमा १९८०/८१ मा नेपालले एसियाली विकास बैंकसँग ऋण लिएर माछापालनको व्यावसायिक उत्पादन कार्य सुरु गरिएको हो । ‘केज कल्चर’ भनेर पोखराको फेवा र बेगनास ताल तथा इन्द्रसरोवरमा सुरु गरियो । रूपन्देही, बारा, पर्सा चितवनको माडी क्षेत्रमा माछापालन गर्ने व्यावसायिक समूह छन् । नीति निर्माण काठमाडौंबाट हुने कार्यक्षेत्र भने तराई हुँदा पनि केही समस्या भएको छ । माछापालनका सफल उदाहरण प्रस्तुत गरी यसको विकासमा सामाजिक सञ्जालले पनि प्रोत्साहन गरेको छ ।

माछा मानिसको शरीरका लागि स्वास्थ्यकर तथा पोषणयुक्त खाना हो । यो सजिलैसँग पच्छ अनि सबै उमेर समूहलाई राम्रो गर्छ । अन्य मासुको तुलनामा चिकित्सकले पनि माछा खान सिफारिस गर्छन् । मानिसको शरीरलाई चाहिने धेरै पौष्टिकतत्‍व माछाबाट प्राप्त गर्न सकिन्छ । कति मानिसले नबुझेर माछा खाइरहेको छैन । काँडाको भय पनि उस्तै छ । खसीको मासु महँगो छ, कतिपय ठाउँमा खसीको मासु एक किलो किन्ने पैसाले माछा चार किलोसम्म आउँछ । खाद्यसुरक्षामा धेरै ठूलो माछाको योगदान छ । मानिस धान उत्पादनलाई जोड दिन्छ, तर त्यही खेतमा माछा उत्पादन गर्‍यो भने धेरै आम्दानी हुन्छ । अहिले मुलुकमा रहेको बाँझो जमिनमा माछाखेती गरिए युवा पलायन रोक्न र रोजगारी दिलाउन सकिन्छ । नेपालमा भात र आलु धेरै खाने गरिन्छ भने विदेशमा खासगरी थाइल्याण्ड, भियतनाम, जापान र कोरियामा माछालगायतका वस्तु धेरै खाने भात भने थोरै खाने चलन छ ।

चिकित्सकले कतिपय अवस्थामा रातो मासु खानु हुन्न भनिरहेको बेला आमनेपालीलाई माछा महत्‍वपूर्ण खुराक बन्न सक्छ । विश्वमै विस्तारै माछाप्रति आकर्षण बढेको छ । बाहिरबाट आयातीतभन्दा स्थानीयलाई जोड दिनुपर्छ । माछा व्यवसाय गर्ने युवालाई प्रविधिसम्बन्धी जानकारी र तालिम दिन र बजारको व्यवस्था गर्नुपर्छ । युवाहरूमा इच्छा हुनपर्‍यो । त्यसका लागि विशेषज्ञसँग परामर्श गर्नुपर्छ । जसबाट धेरै लाभ प्राप्त गर्न सकियोस् । व्यवसाय गर्नुअघि कार्यक्रम र योजना बनाउनुपर्छ । माछापालनका लागि सरकारले सहयोग र बैंकले सहुलियत कर्जा दिन्छ । किसानले त्यसको उचित सदुपयोग गर्नुपर्छ । माछापालन गरेर कयौं नेपाली पर्यटकका रूपमा विदेश भ्रमण गएका उदाहरण छन् । विदेशमा काम गरेर फर्केकाले पनि माछापालन गरेका छन् र यसप्रति आकर्षण छ । त्यसैले पछिल्लो समय माछा व्यवसाय नेपालमा फस्टाउँदो छ ।

 


प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप विचार
आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन
आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन बुधबार, पुस १६, २०८२
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार  बुधबार, पुस १६, २०८२
म पनि लड्छु ! होइन उठ्छु ।
म पनि लड्छु ! होइन उठ्छु । मंगलबार, पुस १५, २०८२
गुरुङ समुदायको नयाँ वर्षः तमु ल्होसार
गुरुङ समुदायको नयाँ वर्षः तमु ल्होसार मंगलबार, पुस १५, २०८२
भोजनले मानसिक स्वास्थमा पार्ने प्रभाव
भोजनले मानसिक स्वास्थमा पार्ने प्रभाव सोमबार, पुस १४, २०८२
प्रदेश सरकारलाई बलियो बनाउने आधार
प्रदेश सरकारलाई बलियो बनाउने आधार आइतबार, पुस १३, २०८२
नुन र मुटुरोगको सम्बन्ध 
नुन र मुटुरोगको सम्बन्ध  बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP