काठमाडाैं - एनआईसी एशिया बैंकका ग्राहकहरुले मेडिकल कलेजमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन् । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई रुपन्देहीमा रहेको देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराउने भएकाे हाे । 
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने भएकाे छ ।  
यस बैंकका ग्राहकहरुले यस अस्पतालमा सेवा लिँदा  ओपिडि टिकटमा ५० प्रतिशत, नर्मल बेड चार्जमा २५ प्रतिशत, ICU/NICU/PICU/CCUमा १० प्रतिशत, Surgical Treatments मा १५ प्रतिशत,Pathological Lab Charges मा १५ प्रतिशत, Radiological Services मा १५ प्रतिशत (CT र MRI बाहेक) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सकिने जनाइएकाे छ । 
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले  बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।