Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
  • #दराज
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शन हुँदै
सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शन हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३१, २०८२

काठमाडौं– सगरमाथाको कथामा तयार भएको चलचित्र ‘जेरी अन टप’ आजदेखि प्रदर्शन हुँदैछ । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले सगरमाथालाई मुख्य विषय बनेको हो  ।  

विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा छ । यसको कथालाई लिएर हलिउडमा चलचित्र र वृत्तचित्र बनिसकेका छन् । यद्यपि नेपालमै रहेको सगरमाथासँग जोडिएर कथा तयार गरेर नेपाली चलचित्र बल्ल तयार भएको छ । चलचित्रले नेपालको पर्यटकीयस्थलको प्रर्वद्धन गर्नुका साथै सुन्दरतालाई विश्वभर पुर्‍याउन थप मदत गर्ने अभिनेता अनमोल केसीले बताए । आजदेखि प्रदर्शनमा आएको उक्त चलचित्रको दर्शक प्रतिक्रिया बुझ्न चलचित्र भवन पुगेका अभिनेता केसीले चलचित्र निर्माणको मुख्य चुनौती नै सगरमाथाको विषय रहेको बताए । 

उनले भने,‘हामीले चलचित्रको कथा तयार गर्दा नै नेपाली स्रोत र साधनले सगरमाथालाई कसरी चित्रण गर्न सकिन्छ भनेर धेरै छलफल गरेका थियौँ । किनकि प्राविधिक रुपमा हामीले त्यहाँ छायाङ्कन गर्न सहज छैन, फेरी हामीले नेपाली बजारलाई मध्यनजर गर्दै चलचित्रमा लगानी लगाउनुपर्छ । तर, हामी सबैको मेहनतले आज हामीले चलचित्र तयार गर्न सफल भएका छौँ ।’

Hardik health

चलचित्रमा अभिनेता केसीले सगरमाथा चढ्ने युवाको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा देखिँदा स्वाभाविक लागोस भनेर उनले र चलचित्रमा सगरमाथा चढ्न सघाउने ‘गाइड’ बनेकी अभिनेत्री जसिता गुरुङले एक महिना प्रशिक्षण पनि लिएकी थिइन् ।   ‘हामीले दृश्यमा सगरमाथाको सुन्दरतासँगै त्यहाँ देखिने कलाकार र अन्य पक्ष स्वभाविक लागोस् भनेर शेर्पा दाइहरूकै निगरानीमा काम गरेका थियौँ । हामीले सक्दो लगानी र मेहनतले चलचित्र तयार गरेका छौँ । यसले एउटा पारिवारिक प्रेम कथासँगै हाम्रै देशमा रहेको सगरमाथाको विशेषतालाई चलचित्रमा ल्याएको छ’, अभिनेता केसीले भने । 

आजदेखि प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ पश्चात् अन्य निर्मातालाई पनि हिमाली कथामा चलचित्र बनौँ प्रेरणा मिल्ने अभिनेता केसीको बुझाइ छ । अभिनेत्री गुरुङले पनि पात्रलाई स्वभाविक देखाउन सक्दो मेहनत गरेको बताए ।  ‘हिमालसँग नजिक रहेको युवतीको भूमिका भएकाले पनि मैले त्यहीअनुरुप तयारी गरे । हाम्रो देश नेपालको हिमाली भेगको सुन्दरतालाई चलचित्रभर दर्शकले देख्न पाउनु हुनेछ । सार्वजनिक प्रचारप्रसारमा देखिएका श्रव्यदृश्यभन्दा चलचित्र झनै भव्य छ’, अभिनेत्री गुरुङले भने । 

चलचित्रकी अर्की अभिनेत्री आँचल शर्माले झन्डै ११ वर्ष अगाडि प्रदर्शन भएको ‘जेरी’ले युवापुस्तालाई चलचित्र भवनसम्म आकर्षित गरेकोले सोही नामसँग मिल्दो चलचित्र ‘जेरी अन टप’ले पनि नयाँ पुस्तालाई आकर्षित गर्ने बताए ।  ‘जेरी प्रदर्शन हुँदा म चलचित्रमा आएको थिइन । त्यो बेला चलचित्र भवनमै पुग्नुपर्छ भनेर हामी युवापुस्तामाझ चर्चा हुन्थ्यो । अहिले सोही नाम र सोही अभिनेतासँग चलचित्रमा काम गर्न पाउँदा खुसी लागेको छ । यस चलचित्रले पनि नयाँ पुस्तालाई चलचित्र भवनसम्म ल्याउनेमा विश्वस्त छु’, अभिनेत्री शर्माले भने । 

उक्त चलचित्रका प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको बताए । उनले भने,‘हामीले नेपालको सौन्दर्यलाई चलचित्रमा प्रस्तुत गरेका छौँ, चलचित्रको मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा निम्तिने घटनाक्रम देखाइएकाले यसले पर्यटनमा टेवा पुर्‍याउने अपेक्षा लिएको छु, नेपाली चलचित्र भनेर गौरव गर्न मिल्ने गरी हामी सबैले मिहिनेत गरेका छौँ ।’

उक्त चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, उषा खड्गीलगायत कलाकारले अभिनय गरेका छन् । ‘अनन्या फिल्म्स प्रोडक्सन’बाट निर्मित ‘जेरी अन टप’को सुयोग गुरूङले निर्देशन गरेका छन्  ।  यस चलचित्रमा हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलिप रेग्मीले छायांकन गरेका छन् । 
 


प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चलचित्र ‘कुमारी’को पहिलो गीत सार्वजनिक
चलचित्र ‘कुमारी’को पहिलो गीत सार्वजनिक मंगलबार, मंसिर १६, २०८२
 ‘काफल गेडी कुटुक्कै’ को दोस्रो भाग ‘साँघुरी काटेर’ सार्वजनिक
 ‘काफल गेडी कुटुक्कै’ को दोस्रो भाग ‘साँघुरी काटेर’ सार्वजनिक मंगलबार, मंसिर १६, २०८२
चलचित्र विधेयक फिर्ता माग्नुका कारण सुन्नुपर्छः मन्त्री खरेल
चलचित्र विधेयक फिर्ता माग्नुका कारण सुन्नुपर्छः मन्त्री खरेल सोमबार, मंसिर १५, २०८२
बबिता र दिया  फिचर्ड 'मस्त जवानी' सार्वजनिक 
बबिता र दिया  फिचर्ड 'मस्त जवानी' सार्वजनिक  सोमबार, मंसिर १५, २०८२
दश देशका कलाकारका चित्रकला प्रदर्शन
दश देशका कलाकारका चित्रकला प्रदर्शन सोमबार, मंसिर १५, २०८२
चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु
चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु सोमबार, मंसिर १५, २०८२
‘मेरो ठुम्का देखेर’ बोलको  सांगीतिक भिडियो सार्वजनिक
‘मेरो ठुम्का देखेर’ बोलको सांगीतिक भिडियो सार्वजनिक आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP