काठमाडाैं - गरिमा विकास बैंक लिमिटेले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिएको सम्बन्धमा जनाएकाे छ । बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे ।
गरिमा विकास बैंक लिमिटेडको मिति २०८२ आश्विन २७ गते सोमबार दिउसो ३ः३० बजे बसेको सञ्चालक समितिको ३३४औँ बैठकले आर्थिक वर्ष २०८/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ । हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैँया ५७ पैसा चुक्ता पूँजी रहेकोमा यस विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी उन्नाइसौँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पूFजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय सतसट्ठी रुपैँया २२ पैसा कायम हुनेछ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा एटिएममार्फत ग्राहकहरुलार अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।