काठमाडाैं -महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुलाइ र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट दिने भएकाे छ ।
नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न महालक्ष्मी बैंकले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै र्याडिसन होटल लाजिम्पाट, काठमाण्डौसँगको सहकार्यमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेकाे हाे ।
सम्झौताअन्तर्गत महालक्ष्मी बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त होटलले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गर्ने सेवा सहित विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
प्राप्त गर्न सकिने छुट निम्न लिखित रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्ज सेवामा १५ प्रतिशत , खाद्य तथा पेय पदार्थमा (इजाकाया होकाइडो होटल समेत)मा २० प्रतिशत, पेस्ट्री खरिदमा १५ प्रतिशत, ट्यानक्वीलीटी स्पा सेवामा १५ प्रतिशत र र्याडिसन फिटनेस सेन्टर (जिम) मा २० प्रतिशत छुट दिने भएकाे छ ।