Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • दसैँमा तीन नेपाली चलचित्र प्रदर्शन हुने
दसैँमा तीन नेपाली चलचित्र प्रदर्शन हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ८, २०८२

काठमाडौं- दसैँ लक्षित तीन नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्रहरु ‘हरिबहादुरको जुत्ता’ , ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आउने भएका हुन् ।

 यी तीनै चलचित्र आगामी दसैँलाई लक्षित गरी फूलपातीको दिन (असोज १३) देखि नेपालसँगै विदेशमा समेत प्रदर्शन हुने जनाइएको छ ।  चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।  मिलन तामाङले निर्देशन गर्नुभएको सो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारले अभिनय गरेका छन् । 

सोही मितिमा प्रदर्शन हुने अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेका चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याउने भएको हो  । चलचित्रमा भिन्न हरिबहादुरसँग दर्शक परिचित हुने अभिनेता आचार्यको भनाइ छ ।

उनले भनेु‘हरिबहादुरका रुपमा शृङ्खला र मञ्चमा प्रस्तुत भएको छु । यसपटक चलचित्रमा त्यही पात्रलाई ल्याउँदा फरक गरेको छु । यसपटक हरिबहादुरले हँसाउनेसँगै रुवाउँछ पनि । सामाजिक विकृतिलाई उक्त पात्रले व्यङ्ग्य गरेको छ । यसमा पारिवारिकसँगै देशको अवस्थालाई पनि चित्रण गरेका छौँ । ती सब घटनाक्रम हरिबहादुर पात्रमार्फत देखाएका छौँ ।’

Hardik health

उक्त चलचित्रको पटकथा स्वयम् अभिनेता आचार्यले लेखेका हुन् । निर्देशक दीपेन्द्रकुमार खनाल निर्देशित सो चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्माता सन्तोष सेनले निर्देशन गर्नुभएको चलचित्र ‘बलिदान’मा अभिनेता समीर भट्टको अभिनय छ । भट्टले अभिनय गरेको यो दोस्रो चलचित्र हो । दक्षिण भारतीय चलचित्रझैँ तयार गरिएको यो चलचित्रको कथावस्तु विशेषत द्वन्द्व प्रधान रहेको जनाइएको छ । कथावस्तुभन्दा प्रस्तुतीकरणमा ध्यान दिइएको उक्त चलचित्रमा ऋचा शर्मा, अर्पण थापालगायतका कलाकारले अभिनय गरेका छन् ।

पछिल्ला वर्षहरूमा चाडपर्वमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् । खासगरी पारिवारिक र सामाजिक विषय केन्द्रित चलचित्रमा दर्शकको बाक्लो उपस्थिति देखिन्छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुने क्रम बढेको चलचित्र निर्माता तथा नेपाल चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले बताए ।

‘कथावस्तु राम्रो नहुने हो भने बिदामा पनि चलचित्रको व्यापार कमजोर नै भएको पाइन्छ । तर, दर्शकले चलचित्र राम्रो छ भने प्रचार गर्ने गरी मन परेमा त्यसको व्यापार सामान्य समयभन्दा बिदा भनौँ वा चाडपर्वमा धेरै हुन्छ’,उनले भने । 

उनले नेपालमा रहेको ‘मल्टीप्लेक्स’ बाहेकका चलचित्र भवनले शो सङ्ख्या सुरुआती समयमा धान्न कठिनाई देखिए पनि विस्तारै दर्शकको रोजाइअनुसार शो बाँडफाँट हुने बताए । गत वर्ष दसैँमा प्रदर्शन भएका तीन चलचित्रले ४० करोडको हाराहारीमा व्यापार गरेपछि यो दसैँमा पनि चलचित्रकर्मी हौसिएका छन् । 


प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP