काठमाडाैं - सन नेपाल लाइफ इन्स्योरेन्सले बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर दिएकाे छ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमाशुल्क भुक्तानी ई सेवा र खल्तीमार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको हाे ।
कम्पनीले जनाएको अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन्।
यो अफर असोज १ देखि मंसिर २९, २०८२ सम्म लागू हुने छ। कम्पनीका अनुसार, यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने अपेक्षा गरिएको छ।