Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #लुम्बिनी_प्रदेशसभा
Search Here
समाचार
  • Home
  • समाचार
  • स्थानीयवासी प्रहरी कार्यालय पुनःनिर्माणमा जुट्दै
स्थानीयवासी प्रहरी कार्यालय पुनःनिर्माणमा जुट्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ३१, २०८२

काठमाडौं- यही भदौ २३ र २४ गते ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा तोडफोड भएका प्रहरीका भौतिक संरचना पुनःनिर्माणमा स्थानीयवासी जुट्न थालेका छन् ।  

कोटेश्वरको नरेफाँटस्थित कोटदेवी विद्यानगर समाज सुधार समितिको संयोजनमा प्रहरी चौकी नरेफाँटको पुनःनिर्माण सम्पन्न भएको छ । समितिले एक थान मोटरसाइकल समेत हस्तान्तरण गरेको छ । यस्तै, बसुन्धरास्थित प्रहरी प्रभागको भवनसमेत पुनःनिर्माण गर्न थालिएको छ । चाडपर्व नजिकिएसँगै हुने चोरी डकैतीका घटनालाई समेत ध्यानमा राखेर स्थानीयवासीले प्रहरी चौकी निर्माण थालेका हुन् । युवा व्यवसायी दीपक भट्टको संयोजकत्वमा टोली नै बनाएर पुनःनिर्माण गरिँदै  छ ।

यसैगरी, काठमाडौँ महानगरपालिका-१६ प्रहरी वृत्र् लैनचौरको भवनसमेत पुनःनिर्माण सम्पन्न भएको छ । ठमेल पर्यटन विकास परिषद् र ठमेल क्षेत्रका व्यवसायीको सहयोगमा उक्त भवन पुनःनिर्माण गरिएको परिषद्का उपाध्यक्ष सहदेव धमलाले जानकारी दिनुभयो । ठमेल क्षेत्रको सुरक्षामा प्रहरी वृत्त लैनचौर र दरबारमार्गको महत्वपूर्ण भूमिका रहँदै आएको छ । ट्राफिक प्रहरी प्रभाग नयाँबसपार्कको भवनसमेत पुनःनिर्माण भइरहेको छ । नयाँबसपार्क क्षेत्रका स्थानीय सङ्घसंस्था र यातायात व्यवसायी तथा मजदुरको सहकार्यमा पुनःनिर्माण गर्न थालिएको हो ।

Hardik health

यसैगरी उपत्यकाबाहिर धादिङमा तोडफोड तथा आगजनी भएका ११ प्रहरी चौकीमध्ये सात प्रहरी चौकी पुनःनिर्माण गरी काम सञ्चालन गरिएको प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले काठमाडौँ उपत्यकाभित्र मात्र २१८ प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको जानकारी दिनुभयो । जसमा ११२ प्रहरी कार्यालयका भवन पूर्ण क्षति र ९६ कार्यालयका भवनमा आंशिक क्षति भएको छ । यस्तै, ११७ चारपाङ्ग्रे सवारीसाधन पूर्ण क्षति भएका छन् भने चार सवारीसाधनमा आंशिक क्षति भएको छ । यसैगरी १५८ दुईपाङ्ग्रे सवारीसाधनमा क्षति भएको प्रवक्ता खनालले बताए ।

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी कार्यालय र प्रहरीका सवारी साधनमा भएको क्षतिको यकिन गर्ने काम भइरहेको बताए । कतिपय स्थानमा आन्दोलनका क्रममा क्षति भएका प्रहरी कार्यालय पुनःनिर्माण गरी प्रहरीलाई ‘ड्युटी’मा खटाउने काम सुरु भइसकेको प्रवक्ता घिमिरेले बताए । 

 


प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारीमा  ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ मंगलबार, जेठ १२, २०८३
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ शुक्रबार, जेठ ८, २०८३
फरार प्रतिवादी सात वर्षपछि पक्राउ
फरार प्रतिवादी सात वर्षपछि पक्राउ शुक्रबार, जेठ ८, २०८३
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित १७ जना पक्राउ बुधबार, जेठ ६, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP