काठमाडाैं - नेपाल टेलिकमले हुम्ला जिल्लाको सर्केगाड तथा चंखेली गाउँपालिकामा टुजी( 2G) र फाेजी(4G) सेवा सञ्चालन गरेको छ । नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-१ मा 2G र फाेजी सेवा यही भदाै २५ गतेबाट सञ्चालनमा ल्याएको हाे ।
फाेजीसेवा सञ्चालनमा आए पश्चात् सर्केगाड गाउँपालिका वडा नं. १, २,४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमासेवाग्राहीहरू गुणस्तरीय फाेजीसेवाबाट लाभान्वित भएका छन्।
हुम्ला जिल्लाकै चंखेली गाउँपालिका-६ मा पनि नेपाल टेलिकमले यही भाद्र २७ गते बाट टुजी र फाेजी सेवा सञ्चालनमा ल्याएको छ । फाेजी सेवा सञ्चालनमा आए पश्चात् चंखेली गाउँपालिका वडा नं. ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले गुणस्तरीय फाेजी सेवाबाट लाभान्वित भएका छन् ।
नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ।