काठमाडौं– देशका विभिन्न स्थानमा उत्पन्न भएका सुरक्षा चुनौतीलाई नेपाली सेनाले नियन्त्रणमा लिन सफल भएको छ । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हाे ।
कैदीहरू भाग्ने क्रममा कञ्चनपुरको चाँदनी हुँदै भारत प्रवेश गर्न खोज्दा भारतीय सीमा सुरक्षा बल ले सात जनालाई नियन्त्रणमा लिई नेपाली पक्षलाई बुझाएको छ ।
त्यस्तै, एक कैदीलाई स्थानीयवासीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा बुझाएका छन् भने १२ जना कैदीहरू आफैंँ कारागारमा उपस्थित भएका छन् ।
यस्तै, रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जानुपर्ने माग गर्दै गरेको झडप नियन्त्रणमा लिन नेपाली सेनाले गोली प्रहार गर्दा १२ जना कैदी घाइते भएका छन् । सो घटनामा दुई कैदीको मृत्यु भएको पनि पुष्टि भएको छ ।
यसैबीच, काभ्रेपलान्चोकको बनेपा ९ नयाँ बस्ती क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित तरिकाले डिस्पोज गरेको छ । अर्कोतर्फ, हालसम्म विभिन्न कारबाहीका क्रममा ४ नाल हतियार बरामद भएको सुरक्षास्रोतले जनाएको छ ।