Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • अवैध सञ्चालित ‘कन्सल्टेन्सी’ लाई ठगीमा कार्वाहीको तयारी
अवैध सञ्चालित ‘कन्सल्टेन्सी’ लाई ठगीमा कार्वाहीको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २३, २०८२

काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लामा अवैध रूपमा सञ्चालित ‘कन्सल्टेन्सी’ लाई जिल्ला प्रशासन कार्यालय धुलिखेलले ठगी मुद्दा चलाएर कार्वाहीको तयारी गरेको छ । गत बिहीबार अनुगमनका क्रममा भेटिएका अवैध रुपमा सञ्चालित कन्सल्टेन्सीलाई प्रशासनले कार्वाहीको तयारी गरेको हो । 

जिल्लामा एक सयभन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा रहेको प्रशासनको प्रारम्भिक अनुगमनमा भेटिएको जनाइएको छ । स्थानीय प्रशासनले अनुगमनका क्रममा क्रमशः सम्बन्धित कन्सल्टेन्सी कार्यालयमा पुगेर प्रमाण खोज्ने र अनुमति नलिएकालाई कानुनअनुसार ठगी ऐनअन्तर्गत कार्वाहीको तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताए । उनका अनुसार कन्सल्टेन्सी सञ्चालनसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा नभएकालाई बन्द गराइने तयारी भइरहेको हो । 

‘अनुगमनका क्रममा मापदण्ड पूरा नगरी कन्सल्टेन्सी सञ्चालनमा ल्याएको भए तत्कालै सेवा बन्द गर्न निर्देशन दिने काननुी व्यवस्था छ’, श्रेष्ठले भने । शुक्रबारका अनुगमनका क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरमा अवैध रुपमा सञ्चालित ६ वटा कन्सल्टेन्सी बन्द गर्न निर्देशन दिइएको थियो । जिल्लास्तरीय अनुगमन समितिले गरेको अनुगमनका क्रममा अवैध रुपमा सञ्चालित कन्सल्टेन्सी बन्द गर्न निर्देशन दिएको हो । समितिले बनेपा नगरमा सञ्चालन हुँदै आएका करिब एक सयमध्ये १५ कन्सल्टेन्सीको अनुगमन गरेको जनाएको छ । जसमध्ये पाँच कन्सल्टेन्सी दर्ता रहेको फेला परेको छभने ६ वटालाई बन्द गर्ने निर्देशन दिइएको जनाइएको छ । त्यस्तै अनुगमन टोली पुग्दा चार कन्सल्टेन्सी सञ्चालक फरार भएका थिए । 

Hardik health

समितिले बन्द गर्न निर्देशन दिएका कन्सल्टेन्सीमा ग्लोबल हब एजुकेसनल कन्सल्टेन्सी, मिसन कम्प्युटर एन्ड एजुकेसनल कन्सल्टेन्सी, बनेपा हार्डफोर्ड एजुकेसनल कन्सल्टेन्सी र सार एजुकेसनल नेटवर्क रहेका छन् । यस्तै डिस्कभरी पाथवे एजुकेसनल कन्सल्टेन्सीलाई पनि प्रमाणपत्र आएपछि मात्रै सेवा सञ्चालनको निर्देशन दिएको छ । एसडिसी एजुकेसनल कन्सल्टेन्सीलाई दर्ता नभएकाले बन्द गर्न निर्देशन दिइएको हो । काभ्रेपलाञ्चोकमा सञ्चालित कन्सल्टेन्सीको अनुगमन तीव्र पारिने कार्यालयले जनाएको छ । 


प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ बिहीबार, चैत ५, २०८२
लागुऔषधसहित सात जना पक्राउ
लागुऔषधसहित सात जना पक्राउ बुधबार, चैत ४, २०८२
 फागुनामा २७३ वटा मोबाइल चोरीकाे पर्‍याे उजुरी
 फागुनामा २७३ वटा मोबाइल चोरीकाे पर्‍याे उजुरी मंगलबार, चैत ३, २०८२
साइबर अपराधमा  १९९ वटा उजुरीहरू
साइबर अपराधमा १९९ वटा उजुरीहरू मंगलबार, चैत ३, २०८२
लागुऔषध र भन्सार छलीविरुद्ध रूपन्देहीमा एक महिनामै १०४ अपराध दर्ता
लागुऔषध र भन्सार छलीविरुद्ध रूपन्देहीमा एक महिनामै १०४ अपराध दर्ता मंगलबार, चैत ३, २०८२
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ मंगलबार, चैत ३, २०८२
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी  सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP