Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २३, २०८२

काठमाडौं-  पछिल्लो समय नेपालमा विभिन्न जातजातिका संस्कृतिमा आधारित चलचित्र बन्ने क्रम बढेका छन् । बढेसगैँ गुरुङ समुदायको कला र संस्कृति समावेश गरी ‘रिमै’ चलचित्र प्रदर्शन गरिएको  छ । 

लिम्बू संस्कृतिमा ‘जारी’, राई संस्कृतिमा ‘गाउँ आएको बाटो’, मगर संस्कृतिमा ‘घर ज्वाइँ’, शेर्पा संस्कृतिमा ‘कार्साङ’ लगायतका चलचित्र निर्माण भइसकेका छन् । ती चलचित्रको कथामा उल्लिखित समुदायको संस्कृति जोडेर तयार गरिएको थियो । यही क्रममा आजदेखि प्रदर्शन भएको चलचित्र ‘रिमै’मा गुरुङ समुदायको कला र संस्कृति समावेश छ । 

एउटा व्यक्तिको जन्मदेखि मृत्यसम्मको संस्कृतिलाई देखाइएको चलचित्र गुरुङ संस्कृति बुझ्ने महत्वपूर्ण दस्तावेज बन्न सक्नेछ । विशेषगरी गोरखाको माथिल्लो भेगमा बस्ने गुरुङ समुदायको संस्कार र संस्कृति समेटिएको चलचित्रले प्रेमकथामार्फत संस्कृतिलाई देखाएको छ । यस अगाडि गुरुङ भाषाका चलचित्रमा ती संस्कृतिलाई देख्न पाइएता पनि मूलधार अर्थात् नेपाली भाषामा निर्माण भएको ‘रिमै’ ले गुरुङ समुदायको संस्कृति र जीवनशैलीका विभिन्न आयामलाई गैरगुरुङमाझ पनि परिचित गराउने विश्वास छ ।

चलचित्रको सुरुआतमै ठागु (दयाहाङ राई) र रुपा (रिश्मा गुरुङ) को अभिभावकले धागो बाँधेर विवाह गर्ने निधो गर्छन् । ठागु आफ्नै मामा (माओत्से गुरुङ) को छोरीसँग बाल्यकालदेखि नै प्रेममा पर्छन् । सम्बन्धले सोल्टिनी भए पनि ठागुले रुपलाई आफ्नो श्रीमती मानिसकेका हुन्छन् । तर, रुपलाई ठागु मन परेको हुँदैन । बाल्यकालदेखि नै विविध कारणले रुपाको मनमा सोल्टी ठागुका लागि माया छैन । उनलाई पनि पत्तो नभई घृणा विकसित हुँदै जान्छ । बरू रुपाकी बहिनी गोरी (गौमाया गुरुङ) ले ठागुलाई मन पराउँछिन् ।  समयसँगै ठागु आफ्नो आर्थिक अवस्था सबल बनाउन वैदेशिक रोजगारीमा जान्छ । त्यहाँबाट बिदामा फर्किएको समयमा ठागु आफ्नो बाल्यकालको प्रेम रुपलाई श्रीमती बनाएर घर भित्र्याउन चाहन्छ । तर, रुपा गाउँमा खच्चड लिएर आउने गोविन्द (अर्पण थापा) नामक व्यापारीसँग नजिक हुनेछ । सोल्टी ठागुसँग टाढिएकी रुपमालाई गोविन्दसँग प्रेम हो कि आकर्षण आफैँलाई थाहा छैन । 

Hardik health

एक दिन ठागु आफ्नो बुबालाई लिएर मामा कहाँ रुपालाई माग्न आउँछ । बाल्यकालमै धागो बाँधेर एक अर्कासँग विवाह पक्का भएकाले मामाले सहजै विवाहका लागि स्वीकारोक्ति दिएर प्रक्रिया अगाडि बढाउँछन् । ठागु गुरुङ संस्कृतिअनुसार आफ्नो सोल्टिनी रुपालाई श्रीमतीका रुपमा घर भित्र्याउन जन्ती लिएर आउँछन् । तर, सोही समयमा रुपमा गोविन्दसँग भाग्छिन् । त्यसपछि आउने उतारचढावलाई चलचित्रको विषय बनाइएको छ ।  चलचित्रको कथा अगाडि बढ्दै गर्दा गुरुङ संस्कृतिलाई पृष्ठभूमिमा देखाएइको छ । यसको मुख्य विषय पनि संस्कृतिसँग जोडिएको छ । गुरुङ समुदायमा छोरी नभई अन्तिम संस्कारको विधि अगाडि बढ्ने परम्परालाई देखाउँदै छोरीको महत्वलाई दर्शाइएको छ । त्यसो त ‘रिमै’ शब्दको अर्थ गुरुङ समुदायमा ‘छोरी–चेली’ भनेर बुझिन्छ ।  चलचित्रको प्रचार सामग्री हेर्दा ‘कबड्डी’ झैँ लागे तापनि यो पूर्ण रुपमा फरक छ । गुरुङ समुदायको फूल बाँध्ने, विवाहको प्रचलन, अन्तिम संस्कारको प्रचलनलाई चलचित्रमा विस्तारपूर्वक देखाएइको छ । नयाँ पुस्ताका गुरुङ वा गैरगुरुङलाई चलचित्रले गुरुङ समुदायको कला र संस्कृतिसँग जोडेर थोरबहुत जानकार बनाउँछ । 

चलचित्रमा अभिनेता दयाहाङ राईले ‘ठागु’ नामक पात्रको भूमिका निर्वाह गर्नुभएको छ । पछिल्लो समय प्रायः समुदायको चलचित्रमा अभिनेताका रुपमा काम गर्न पाएका अभिनेता राईले ती चलचित्रमार्फत नेपालको समुदायपिच्छेको विविधता र सौन्दर्यतालाई बुझ्ने मौका पाएको बताए । ‘मैले धेरै समुदायको कथालाई पर्दामा प्रतिनिधित्व गर्ने मौका पाएको छु । यो एउटा अभिनेताका लागि गौरवको कुरा हो । मैले ती समुदायको पात्र भएर काम गर्दा उनीहरूको मौलिकता, संस्कृति, संस्कार र कला बुझ्ने मौका पाए । ती विविधता हाम्रो सौन्दर्य हुन्’, उनले भने ।  अभिनेता राईले ‘रिमै’ अहिले झट्ट हेर्दा सामान्य चलचित्र झैँ लागे तापनि यसमा देखाइएको विषय मौलिक र गम्भीर रहेको बताए । ‘गाउँमा रोजगारीको अवसर नरहेकोसँगै इमान्दार केटाले गर्नुपर्ने सङ्घर्षलाई समेत चलचित्रमा समेटिएको छ ,’ उनले भने,‘भोलिको पुस्ताले गुरुङ समुदायबारे बुझ्न यो चलचित्र उपयोगी हुने मैले ठानेको छु । गुरुङ भाषामा चलचित्र बनेका छन्, तर सबैले नेपालभर बुझ्ने भाषामा यो चलचित्र तयार भएकाले महत्वपूर्ण छ । प्रवासमा बस्ने गुरुङ समुदायका अभिभावकले आफ्नो छोराछोरीलाई यो चलचित्र देखाए मात्र पनि यसले कला र संस्कृतिबारे जानकार बनाउन सक्छ ।’

लचित्रकी अभिनेत्री रिश्मा गुरुङले चलचित्र हेरेपछि गुरुङ समुदायमा छोरीको महत्व झनै प्रस्टिने जानकारी दिईन् । आफैँ गुरुङ समुदायको भएकीले पनि नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकिरहेको संस्कृतिलाई चलचित्रले बृहत् रुपमा प्रचार गर्ने अभिनेत्री गुरुङले विश्वास व्यक्त गरिन् । उनले भनिन्,‘म यो चलचित्रमा काम गर्न तयार हुनुको एउटा कारण संस्कृतिलाई जोडेर तयार गरिएको कथा हो । पुर्खाले सिकाएको संस्कार र संस्कृति समेटिएको पटकथा पढेपछि यसमा काम गर्नुपर्छ भन्ने प्रेरणा मलाई प्राप्त भएको हो । मनोरञ्जन चाहनेका लागि पनि यो चलचित्र उत्तिकै राम्रो छ । यो गुरुङ समुदायले हेर्नैपर्ने चलचित्र बनेको छ ।’
उनले चलचित्रमा ‘रुपा’को भूमिका निर्वाह गरेकी छिन् । एउटी छोरीले जीवनमा गर्नुपर्ने सङ्घर्ष र परम्परागत चलनले पार्ने अप्ठ्यारालाई पनि चलचित्रमा देखाइएको उनले बताइन् । झन्डै आठ वर्षको अन्तरालमा उनले यो चलचित्रमा अभिनय गरेकी हुन् । चलचित्रमा अर्पण थापा, गौमाया गुरुङ, कविता आलेमगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।
खिलबहादुर गुरुङले निर्देशन गर्नुभएको चलचित्रमा काम गरेपछि आफूले पनि गुरुङ समुदायको संस्कृतिलाई नजिकबाट बुझेको अभिनेता पुस्कर गुरुङले बताए ।‘म ब्राह्मण, क्षेत्री समुदायको बाहुल्यता भएको समाजमा हुर्किए । मलाई गुरुङ भाषा राम्रोसँग बोल्न आउँदैन र मैले संस्कृतिलाई नजिकबाट बुझ्न पनि पाएको छैन । तर, चलचित्रमा काम गर्दै गएपछि मैले गुरुङ मात्र नभई अन्य समुदायको संस्कृतिलाई पनि बुझ्ने मौका पाएको छु । यस्ता चलचित्र नेपालमा बन्नुपर्छ’, अभिनेता गुरुङले भने । 

विभिन्न समुदायको संस्कृति समेटेर कथा तयार गरिए तापनि त्यो मनोरञ्जनपूर्ण हुनु आवश्यक छ । विदेशी चलचित्रमा समुदायको कथा आउन थालेको धेरै भए तापनि नेपालमा भने त्यसको सङ्ख्या न्यून नै छ । लगानीकर्ताको अभावसँगै सबै दर्शकलाई हुने पटकथा तयार गर्न नसक्दा समुदायका कथा न्यून रुपमा ठूलो पर्दा अर्थात् चलचित्रमा देखिने गरेको छ । चलचित्र ‘रिमै’ का सम्पादक मित्रदेव गुरुङले चलचित्रले जुनै समुदायको कथालाई उठान गरेता पनि मनोरञ्जन आवश्यक रहेको बताए ।  ‘संस्कृतिले सम्बन्धित समुदायलाई मनोरञ्जन प्रदान गर्ला तर त्योसँगै सबै समुदायलाई हुनेगरी पटकथा तयार गर्न सके मात्र त्यो चलचित्र सफल मानिन्छ । म आफैँ गुरुङ समुदायको भएकाले पनि हामीले तयार गरेको चलचित्र ‘रिमै’ हाम्रै संस्कृतिमा भए तापनि मनोरञ्जक हुनुपर्छ भनेर तयार गरेका हौँ । यो चलचित्रले गुरुङ समुदायमा जन्म भएदेखि मृत्य भएर अन्तिम संस्कार हुँदासम्मको संस्कारलाई देखाएको छ । त्यसकारण पनि सम्पूर्ण समुदायका लागि महत्वपूर्ण चलचित्र बनेको छ, जस्तो हामीलाई लागेको छ’, सम्पादक गुरुङले भने । 

मौलिक विषय र समुदायको कथाको आगमन भएसँगै नेपाली चलचित्र विदेशीबाट प्रभावित भएको भन्ने आरोप कम हुने गरेको छ । कथासँगै गीतसङ्गीत, वेशभूषा, लवजमा समेत मौलिकता देखिन थालेको छ । नेपाली चलचित्रमा ग्रामीण भेगको सौन्दर्य र गाउँले जीवनको खुसीलाई देखाइनु नयाँ पुस्ताका लागि नवीनतम अनुभव पनि हुनसक्छ । गुरुङ समुदायकै कथामा आधारित रहेर तयार गरिएता पनि ‘रिमै’ ले संस्कृति बुझाउँदै आम दर्शकलाई पनि मनोरञ्जन दिन्छ । चलचित्र भदौ २० देखि नेपालसहित अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशमा समेत प्रदर्शन भइरहेको छ । 


प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १३:०५
#‘रिमै’ चलचित्र
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘अधुरो सपना’ सार्वजनिक
‘अधुरो सपना’ सार्वजनिक शुक्रबार, चैत ६, २०८२
गायिका ज्योति मगर विवादमा, सामाजिक सञ्जालमा बहिस्कार अभियान
गायिका ज्योति मगर विवादमा, सामाजिक सञ्जालमा बहिस्कार अभियान शुक्रबार, चैत ६, २०८२
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का बिहीबार, चैत ५, २०८२
प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’ गीत
प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’ गीत मंगलबार, चैत ३, २०८२
चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु
चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु सोमबार, चैत २, २०८२
नयाँ वर्षमा प्रदर्शन हुने ‘पहाड’ टिजर सार्वजनिक
नयाँ वर्षमा प्रदर्शन हुने ‘पहाड’ टिजर सार्वजनिक सोमबार, चैत २, २०८२
‘पहाड’ मा नेपाली समाजको कथा
‘पहाड’ मा नेपाली समाजको कथा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP