काठमाडौं- ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न भएको छ । नियमित ३४ दिनको छायांकनपछि शनिबार फिल्मको काम सम्पन्न भएको हो ।
निर्देशक रमेश कोइरालाको निर्देशनमा बनेको फिल्म ‘बिगुल’ को छायांकन सकिएको छ । सामाजिक जागरण, राजनीति, नागरिकको कर्तव्य र जिम्मेवारीको कथावस्तुमा आधारित यो फिल्ममा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी लगायतका कलाकारहरूको अभिनय छ । अभिनयमा निर्देशक कोइरालाले छायांकन सोचेजस्तै राम्रो भएको बताएका छन् ।
दिनेश कोइरालाको कथा, मौनता श्रेष्ठको पटकथा र संवाद रहेको यस फिल्मका छायांकार शिव ढकाल हुन्। कल्पना पौडेलले प्रस्तुत गरेको यस फिल्मका निर्माता महेश कोइराला र सूर्यकान्त कोइराला हुन् । म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको यो फिल्ममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ । फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् ।