काठमाडाैं - संयुक्त उर्जा लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएकाे छ । उर्जा लिमिटेडले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे हाे ।
संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१००/– अंकित दरका ४१,६०,००० कित्ताले हुन आउने रु.४१,६०,००,०००/– रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठ र संयुक्त उर्जा लिमिटेडका तर्फबाट प्रबन्ध संचालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन् ।
संयुक्त उर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपािलकामा रहेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलबिद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन शुरु भईसकेको छ ।