काठमाडाैं - माउन्टेन भिस्टा हाेटेलले एनआईसी एशिया बैंकका ग्राहकहरुलाई विशेष छुट दिने भएकाे छ । माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा हाेटेलले एनआईसी एशिया बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट दिने भएकाे हाे ।
छुट दिने सम्बन्धमा दुवै पक्ष होटल र बैंकबीच सम्झौता भएकाे छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस बैंकका ग्राहकहरुले उक्त होटलमा कुनै पनि सेवा लिँदा उक्त छुट प्राप्त गर्ने जनाइएकाे छ ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नु पर्नेछ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।