Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #लुम्बिनी_प्रदेशसभा
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • ‘मिटरब्याजी’ श्रेष्ठको घरबाट सवा चार करोड र साढे नौ किलो सुन बरामद
‘मिटरब्याजी’ श्रेष्ठको घरबाट सवा चार करोड र साढे नौ किलो सुन बरामद
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १८, २०८२

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका विनोद श्रेष्ठ मिटरब्याजी रहेको देखिएको छ । सुनको गहना धितो राखेर लेनदेन गरेको देखिन्छ ।
अपिलराज बोहरा
प्रवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौं 

काठमाडौं- प्रहरीले काठमाडौंको गोंगबुस्थित एक व्यक्तिको घरबाट चार करोड २५ लाख रुपैयाँ बरामद गरेको छ । गोरखा घर भई गोंगबु बस्दै आएका विनोदकुमार श्रेष्ठको घरमा शंकास्पद रकम भेटिएपछि मंगलबार दिउँसो प्रहरीले छापा मारी उक्त रकमसहित साढे नौ किलो सुन र तीन किलो चाँदीसमेत बरामद गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार अवैध रकम लुकाइएको सूचनाका आधारमा उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठको घरमा छापा मारेको थियो ।  ‘७६ वर्षे विनोद श्रेष्ठको घरमा स्रोत नखुलेको सम्पत्ति र अवैध तरिकाबाट राखेको सुनचाँदी छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा चार करोड २५ लाख ५० हजार नगद भेटिएको हो,’ प्रवक्ता बोहराले भने । उक्त घरमा अनुसन्धान गर्न पुग्दा प्रहरीले पैसाका बिटा चामलको बोरामा लुकाएर राखेको भेटिएको उनले बताए ।

Hardik health

भारीमात्रामा हजारको नोट भेटिएपछि प्रहरीले नोट गन्ने मेसिन मगाएर पैसा गनेको थियो । उक्त रकमको स्रोत नखुलेपछि प्रहरीले श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।  प्रहरीका अनुसार श्रेष्ठ मिटरब्याजी भएको खुलेको छ । उनले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको खुलेको प्रहरीले दाबी गरेको छ । मंगलबार दिउँसो १ बजे प्रहरी पुग्दा छिमेकीले पनि उनी ब्याजमा पैसा लगानी गर्ने व्यक्ति भएको बताएका थिए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी मिटरब्याजी रहेको देखिन्छ । सुनको गहना धितो राखेर लेनदेन गरेको देखिन्छ,’ प्रवक्ता बोहराले भने । यसबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको उनले बताए । 

पक्राउ परेका श्रेष्ठले आफ्नो छोराहरुको कम्पनी रहेको र बैंकमा धेरै रकम कारोबार गर्न नपाउने भएपछि घरबाट नै कारोबार गर्ने गरेको बताएका छन् । सुन पसलमा धितो राखिएका गरगहनासमेत उनको घरमा भेटिएको प्रहरीले जनाएको छ । गर्जो टार्न सर्वसाधारणले सुन पसलमा धितो राखेका गहना, उच्च ब्याज लिएर लिएका गहना पनि उनको साथमा भेटिएको प्रहरीको अनुसन्धानमा देखिएको छ । पछिल्लो समय वैदेशिक रोजगार, शिक्षालगाय विभिन्न कामका लागि ऋण लिने क्रम बढ्दो छ । बैंकबाट सहजै ऋण नपाउने भएपछि चर्को ब्याजमा धितो पास, गहना राखेर व्यक्तिबाट ऋण लिने क्रम बढ्न थालेको व्यवसायीहरु बताउँछन् । 

ऋण लिन कडाइ गरिएसँगै कतिपयले बैंकमा रकम नराखी बढी ब्याज पाइने आशमा यस्ता व्यक्तिलाई विश्वास गर्ने गरेको पाइएको छ । श्रेष्ठलेझैं धेरै ब्याज दिने व्यक्तिहरुको खोजीमा लगानीकर्ताहरु रहेको बताइन्छ । यस विषयमा पनि अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
 


प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
वैदेशिक रोजगारीमा  ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ मंगलबार, जेठ १२, २०८३
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ शुक्रबार, जेठ ८, २०८३
फरार प्रतिवादी सात वर्षपछि पक्राउ
फरार प्रतिवादी सात वर्षपछि पक्राउ शुक्रबार, जेठ ८, २०८३
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित १७ जना पक्राउ बुधबार, जेठ ६, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP