Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • नेपाल चार्टर्ड एकाउन्टेन्ट्स र राष्ट्रिय सहकारीबीच आपसी सहकार्यको लागि अन्तरक्रिया सम्पन्न
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स र राष्ट्रिय सहकारीबीच आपसी सहकार्यको लागि अन्तरक्रिया सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १७, २०८२

काठमाडौं-नेपाल चार्टर्ड एकाउन्टेन्ट्स र राष्ट्रिय सहकारीबीच आपसी सहकार्यको लागि अन्तरक्रिया सम्पन्न भएकाे छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी ऐन २०७४ मा भएको व्यवस्था बमोजिम सहकारीहरुको नियमन र सुपरिवेक्षणको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको समन्वयमा आपसी सहकार्यको सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको हाे । 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी ऐन २०७४ मा भएको व्यवस्था बमोजिम सहकारीहरुको नियमन र सुपरिवेक्षणको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको समन्वयमा रोस्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) गर्ने गराउनेसम्बन्धी व्यवस्था कार्यान्वयन सम्बन्धमा छलफल भएको छ । 

कार्यक्रममा सहकारी क्षेत्रको नियमन, अनुगमन, लेखापरीक्षण, सूचना आदानप्रदान तथा सहकार्यका विविध पक्षहरूमा गहन छलफल गरिएको थियो । छलफलमा संस्थाका तर्फबाट अध्यक्ष निलबहादुर सारु मगर, उपाध्यक्ष आनन्दराज शर्मा वाग्ले, पार्षद् सदस्यहरु, कार्यकारी निर्देशक तथा निर्देशकको उपस्थिति रहेको थियो । प्राधिकरणको तर्फबाट अध्यक्ष डा. खगराज शर्मा, विज्ञ सदस्य डा. रमेश चौलागाई, सदस्य सिए महेश खनाल तथा कार्यकारी निर्देशक शेषनारायण पौडेलको उपस्थिति रहेको थियो ।

Hardik health

कार्यक्रममा प्राधिकरणका अध्यक्ष तथा सदस्यहरुले प्राधिकरण स्थापना हालै मात्र भएकोले यसको कार्यसम्पादनमा संस्थाको सहयोग अत्यावश्यक रहेको तथा संस्था र प्राधिकरणबीचको सम्बन्ध तथा समन्वयको क्षेत्र स्पष्ट तोकिएकोले आपसी सहकार्य अत्यावश्यक रहेको विचार व्यक्त गरे ।  साथै प्राधिकरणको क्षेत्राधिकारअन्तर्गत २० हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्था पर्ने र तिनीहरुको प्रभावकारी सुपरिवेक्षण, अनुगमन तथा सदस्यहरूको बचतको सुरक्षा सुनिश्चित गर्नु अपरिहार्य रहेको, सहकारी ऐनले प्रदान गरेका अधिकारहरू पर्याप्त भए तापनि प्राधिकरणसँग संस्थागत तथा प्राविधिक क्षमता अभाव रहेको उल्लेख गर्दै, समन्वय र सहकार्यमार्फत कार्यान्वयन सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनीहरुले नेपाल चार्र्टर्ड एकाउन्टेन्ट्स संस्थासँग नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) गर्नको लागि रोस्टर तयार गर्ने, सो सम्बन्धी शुल्क निर्धारण गर्ने, सहकारी क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदनमान लागू गर्ने लगायत क्षेत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सहयोगको अपेक्षा गरे ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष सिए निलबहादुर सारु मगरले आइक्यान र प्राधिकरणबीच  सहकारी ऐनको व्यवस्था कार्यान्वयन गर्न तथा प्राधिकरणसँग जनशक्ति विकास, ज्ञान तथा सीपको आदानप्रदान, प्राविधिक तथा अन्य विषयमा आपसी सहकार्य र समन्वय गर्न सकिने र यसको लागि दुई नियामकीय निकायहरुबीच समझदारी गरेर औपचारिक रुपमा अगाडि बढ्न उपयुक्त हुने धारणा राखे ।

संस्थाको तर्फबाट आइक्यानले सदस्यहरुलाई रोस्टरमा समावेश गरी बचत तथा ऋण सहकारीहरुको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) गर्न प्रेरित गर्न सक्ने तथा यसबाट प्राधिकरणको जनशक्ति तथा प्राविधिक क्षमताको प्रश्न सम्बोधन हुने, सहकारी ऐनमा भएका कतिपय विषयहरु संशोधन हुनुपर्ने, सहकारीहरुलाई नियमन गर्ने थुप्रै निकायहरु भए तापनि प्रभावकारी सुपरिवेक्षण तथा नियमन हुन नसकेकोले हालको समस्या देखापरेको जस्ता धारणा व्यक्त गरे । 

अन्त्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच निकट भविष्यमा समझदारी गर्ने, संस्थाको सदस्यहरुबाट सहकारी संस्थाहरुको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) गर्ने/गराउने तथा आपसी सहयोग, सहकार्य र समन्वयको लागि छुट्टै विशेष संयन्त्र÷स्टेरिङ कमिटी गठन गर्ने सहमति भयो ।
 


प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एनआईसी  बैंककाे ग्लोबल मनी विक २०२६मा सातै प्रदेशका ४ हजार बढी लाभान्वित
एनआईसी बैंककाे ग्लोबल मनी विक २०२६मा सातै प्रदेशका ४ हजार बढी लाभान्वित बुधबार, चैत ११, २०८२
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश बुधबार, चैत ११, २०८२
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक–२०२६ मा सम्पन्न
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक–२०२६ मा सम्पन्न बुधबार, चैत ११, २०८२
ग्लोबल मनि विकमा सिटिजन्स बैंककाे ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न
ग्लोबल मनि विकमा सिटिजन्स बैंककाे ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न मंगलबार, चैत १०, २०८२
दाङका तीन सन्तानका एक्लाे ज्यालादारी  विपन्न परिवारलाई भिजी फाउन्डेसनको आर्थिक सहयोग
दाङका तीन सन्तानका एक्लाे ज्यालादारी विपन्न परिवारलाई भिजी फाउन्डेसनको आर्थिक सहयोग सोमबार, चैत ९, २०८२
मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूई  “अवसरको झोला”
मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूई  “अवसरको झोला” सोमबार, चैत ९, २०८२
विश्व पानी दिवसमा ‘नबिल स्वच्छ खानेपानी अभियान’
विश्व पानी दिवसमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ आइतबार, चैत ८, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP