Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • सानिभेरी जलविद्युत परियोजनाकाे वित्त व्यवस्थापन सिटिजन्स बैंकले गर्ने
सानिभेरी जलविद्युत परियोजनाकाे वित्त व्यवस्थापन सिटिजन्स बैंकले गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १७, २०८२

काठमाडाैं  -  सानिभेरी जलविद्युत परियोजनाकाे वित्त व्यवस्थापन सिटिजन्स बैंकले गर्ने भएकाे छ । सिटिजन्स बैंक इन्टरनेसनल लि. को नेतृत्वमा नबिल बैंक लि., नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि., सिदार्थ बैंक लि. र सानिमा बैँक लि. सहित ५ बैंकहरुले रु. ७ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ४४.५२ मेगावाट क्षमताको सानिभेरी जलविद्युत परियोजनाकाे वित्त व्यवस्थापन सिटिजन्स बैंकले गर्ने भएकाे हाे ।

सोमबार दिनप्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रा. लि एवं लगानीकर्ता बैँकहरु बिच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हाे  । उक्त परियोजना लुम्बीनी प्रदेश, रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा निर्माण हुनेछ । 

परियोजनाको अनुमानित लागत करीब रु. ९ अर्ब ६० करोडमध्ये बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु. ७ अर्ब २० करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंक इन्टरनेसनल लि.बाट रु. २ अर्ब ५० करोड, नबिल बैंक लि.बाट रु. १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. बाट १ अर्ब २० करोड, सिदार्थ बैंक लि. रु. १ अर्ब  र सानिमा बैँक लि. बाट रु. १ अर्ब लगानी हुनेछ भने २५% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको बाफिकोट स्थित सबस्टेशनमा जोडिने छ ।

Hardik health

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ९८.७२७ गिगावाट घन्टा र बर्षायाममा १८२.११३ गिगावाट गरी बार्षिक २८१.११३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकललगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई  तथा अन्य बैंकहरुसँगको सह वित्तीयकरण कर्जामार्फत जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको  र बैंकिङ्ग क्षेत्र एवं स्वतन्त्रउर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको बताए ।

हाल सम्म निर्माण सम्पन्न भएका १६६.४०१ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजना र निर्माणाधिन १,०३४.६२७ मेगावाट क्षमताका २४ वटा जलविद्युत आयोजना सहित जम्मा १,२०१.०२८ मेगावाट क्षमताका ३५ वटा जलविद्युत आयोजनामा यस बैंकको लगानी रहेको छ । सिटिजन्स् बैंकले हाल सम्म १४ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, ३ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, १४ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ४ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ ।

प्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रा. लि का तर्फबाट अध्यक्ष अंगिस घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युतप्राधिकरण, विद्युतविकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी सकिएकोले आयोजना तत्काल निर्माण शुरुगरि समयमै सम्पन्नहुने विश्वास व्यक्त गरे  ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको छ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १९ लाख ३० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच  सहकार्य
सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच  सहकार्य शुक्रबार, पुस ४, २०८२
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत शुक्रबार, पुस ४, २०८२
सिटिजन्सकाे सन्तुलित योजना  सार्वजनिक
सिटिजन्सकाे सन्तुलित योजना सार्वजनिक शुक्रबार, पुस ४, २०८२
कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यलमशिलता सुदृढिकरणका लागि सम्झौता
कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यलमशिलता सुदृढिकरणका लागि सम्झौता बिहीबार, पुस ३, २०८२
सिटिजन्स क्यापिटल र पशुपति भेन्चरबीच सम्झौता
सिटिजन्स क्यापिटल र पशुपति भेन्चरबीच सम्झौता बिहीबार, पुस ३, २०८२
विद्यार्थीहरुका लागि एनएमबि क्यापिटलकाे लगानीकर्ता चेतना र अन्तरक्रिया कार्यक्रम
विद्यार्थीहरुका लागि एनएमबि क्यापिटलकाे लगानीकर्ता चेतना र अन्तरक्रिया कार्यक्रम बुधबार, पुस २, २०८२
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP