Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १६, २०८२

मलेसिया -  गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन तथा तीज कार्यक्रम आइतबार मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा राजनीतिक दलका नेता, नेपाली राजदूत, एनआरएनएका पदाधिकारीदेखि कलाकारसम्मको उपस्थिति रहेकाले माहोल झन् विशेष बनेको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा प्रवक्ता प्रकाश शरण महतले महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली डायस्पोराले नेपालको विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। उनले विदेशमा रहेका नेपालीहरूको समस्या समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताए। महतले एनआरएनएको निर्वाचन सर्वोच्च अदालतको आदेशअनुसार भएको भन्दै मलेसियामा निर्वाचित कार्यसमितिलाई समर्थन जनाए। उनले सामाजिक सञ्जालमा फैलिने नकारात्मक प्रचारको प्रतिवाद गर्दै "जय नेपाल" सम्पूर्ण नेपालीको साझा नारा भएको स्पष्ट पारे।

महतले दूतावासको सीमित क्षमता, श्रमिक शोषण, बीमा र सेल्टर होमको आवश्यकता, फ्री भिसा जस्ता समस्याहरूलाई संसद र सम्बन्धित मन्त्रालयमा उठाउने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले रेमिट्यान्स नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको र आईटी, जलविद्युत र पर्यटनले आगामी १५–२० वर्षमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे।

Hardik health

यसैगरी मलेशियाका लागि नेपाली राजदूत नेत्रप्रसाद तिमल्सिनाले एनआरएनए मलेसियाभित्र एकताको आवश्यकता औंल्याउँदै गुटबन्दी, व्यक्तिगत स्वार्थ र आर्थिक विवादमा अल्झिन नहुने बताए।उनले मलेसियामा रहेका नेपाली श्रमिकहरूको दयनीय अवस्था उजागर गर्दै मासिक करिब ४० जना श्रमिकको मृत्यु हुने तथ्याङ्क प्रस्तुत गरे। उनले श्रमिक शोषण, न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिक, लामो कार्यघण्टा, भिसा व्यापारजस्ता समस्यालाई समाधान गर्न पारदर्शिता र सहकार्य आवश्यक रहेको बताए।

यसैगरी एनआरएनए अध्यक्ष महेश श्रेष्ठले आफ्नो नेतृत्वको समिति सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्णयअनुसार वैधानिक भएको स्पष्ट पारे। उनले वैधानिकतासम्बन्धी भ्रम चिर्दै श्रमिक अधिकार संरक्षण, लगानी प्रवर्द्धन र वैदेशिक रोजगारमा सुधारका लागि ठोस कार्ययोजना अघि सारे।श्रेष्ठले मलेसियामा रहेका करिब एक लाख सुरक्षा गार्डहरूको शोषण अन्त्य गर्न, उचित तलब (जस्तै २००० रिंगेट) सुनिश्चित गर्न, सातामा एक दिन बिदाको व्यवस्था गराउन नेपाल र मलेसिया सरकारसँग लबिङ गर्ने घोषणा गरे।

उनले २४ घण्टा सञ्चालन हुने एआई–आधारित कल सेन्टर स्थापना गर्ने योजना सार्वजनिक गर्दै श्रमिकको मानसिक तथा शारीरिक स्वास्थ्य समस्यामा सहयोग पुर्‍याउने प्रतिवद्धता जनाए। साथै, लगानी सम्मेलनमार्फत श्रमिकहरूको सानो पुँजीलाई व्यवस्थित गर्ने र जीवनयापनमा सहयोग पुर्‍याउने व्यवस्था मिलाउने घोषणा गरे।

यसैगरी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष खगेन्द्र न्यौपानेले मलेसिया च्याप्टरभित्र एकता अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई मतभेद छोडेर सामूहिक प्रयासमा जोड दिन आग्रह गरे।त्यस्तै, एनआरएनए अभियन्ता तथा माओवादी केन्द्र एसिया प्रदेश अध्यक्ष शनि कुमार ओलीले अदालतको फैसला स्वीकार्दै महेश श्रेष्ठ नेतृत्वको समितिलाई वैधानिक मानेर सबैलाई एक जुट हुन आह्वान गरे।

महाधिवेशनमार्फत २०२५–०२७ कार्यकालका लागि इन्द्र नारायण लिम्बु एनआरएनए मलेसियाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। कार्यक्रममा कलाकार शोभा त्रिपाठी तथा बुद्ध लामाले सांगितिक प्रस्तुति दिएका थिए ।


प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
विपिन जोशीको रिहाइका लागि  विश्वव्यापी दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता
विपिन जोशीको रिहाइका लागि  विश्वव्यापी दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता बिहीबार, असोज ९, २०८२
 एनआरएनबाट बग्गीखाना अनुगमन
 एनआरएनबाट बग्गीखाना अनुगमन बुधबार, असोज ८, २०८२
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
 ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा
 ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP