Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #सपनाको_चंगा
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • एक वर्षमा लागुऔषध कारोबारमा संलग्न ६९५ पक्राउ
एक वर्षमा लागुऔषध कारोबारमा संलग्न ६९५ पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १३, २०८२

काठमाडौं- सुनसरीमा गत आर्थिक वर्ष २०८१र८२ मा लागुऔषध कारोबारमा संलग्न ६९५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ६५० पुरुष र ४५ महिला रहेका छन् । सोही अवधिमा लागुऔषधसम्बन्धी ४६० मुद्दा दर्ता भएका छन् । प्रहरीले उक्त अवधिमा १४ हजार ५०१ केजी गाँजा, ७३८ ग्राम ४२८ मिलिग्राम ब्राउन सुगर, तथा चार लाख २८ हजार २९७ थान विभिन्न किसिमका ट्याब्लेट र क्याप्सुल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार चालु आव २०८२र८३ को साउन महिनामा मात्रै लागुऔषधसम्बन्धी ६६ मुद्दा दर्ता भएकामा १०३ पुरुष र आठ महिलालाई पक्राउ गरिएको छ । यस अवधिमा दुई हजार ३३१ केजी लागुऔषध गाँजा र ४२९ ग्राम ८९५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको उनले बताए।

Hardik health

प्रवक्ता खतिवडाका अनुसार पक्राउपर्नेमा अधिकांश युवा रहेका छन् । अघिल्लो आव २०८०र८१ मा २४१ मुद्दामा ३७६ पुरुष र ३३ महिला गरी ४९० जना पक्राउ परेका थिए । पछिल्ला तथ्याङ्कले लागुऔषध कारोबारमा संलग्न हुने सङ्ख्या बर्सेनि बढिरहेको देखाएको छ । प्रहरीका अनुसार लागुऔषध प्रयोग तथा कारोबारमा संलग्न हुनेमा प्रायः ज्याला मजदुरी गर्ने तथा बेरोजगार युवा बढी छन् । उमेर समूहअनुसार १० देखि ३५ वर्ष उमेरका युवाको संलग्नता सबैभन्दा बढी देखिएको छ । अघिल्ला तीन आवमा यसै समूहका ९२० जना पक्राउ परेका थिए भने १८ वर्षभन्दा कम उमेरका २७ जना, ३५ देखि ५० उमेर समूहका २२८ जना र ५० वर्षमाथिका ४० जना पक्राउ परेका थिए ।

प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले युवालाई लक्षित गरी विद्यालय, समुदाय र सार्वजनिक स्थलमा लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । धरान उपमहानगरपालिकाले पनि लागुऔषधविरुद्ध प्रत्येक शुक्रबार सचेतना अभियान सञ्चालन गर्दै आएको छ । नगरप्रमुख हर्कराज राईले घर र विद्यालय तहबाटै सचेतना जगाउनु आवश्यक रहेको उल्लेख गर्दै हरेक अभिभावकले आफ्ना परिवारका सदस्यको निगरानी गर्नुपर्ने आवश्यक रहेको बताए  ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
वैदेशिक रोजगारीमा  ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ मंगलबार, जेठ १२, २०८३
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ शुक्रबार, जेठ ८, २०८३
फरार प्रतिवादी सात वर्षपछि पक्राउ
फरार प्रतिवादी सात वर्षपछि पक्राउ शुक्रबार, जेठ ८, २०८३
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित १७ जना पक्राउ बुधबार, जेठ ६, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP