Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ११, २०८२

काठमाडौं-  अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जनालाई प्रहरुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं,कैलाली, सुर्खेत,तनहुँ र मोरङलगायत जिल्लाका रहेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ४० ट्याब्लेट र नाइट्राभेट ४ हजार ५ ट्याब्लेट  सहित भारत सितामणी घर भएका ४८ वर्षीय गणेश शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले गौरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३९००१ ख २८४४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिका ५ थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ६० ट्याब्लेट र नगद ६ हजार ८ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने सप्तरी घर भएका ३० वर्षीय बिबेक कार्कीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्र् बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका १० जुगेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय आकाश रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

साथै,सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० सिम्ताली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही नगरपालिका कृष्णनगर टोल बस्ने २५ वर्षीय सुजन चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ । 
त्यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४७ एम्पुल, फेनारगन ४७ एम्पुल र बुप्रेनोर्फिन ४७ एम्पुल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा वालिङ्ग नगरपालिका ७ बस्ने २२ वर्षीय बिनोद सुनार र तनहुँ व्यास नगरपालिका १० घासिँकुवा बस्ने २३ वर्षीय सन्तोस विक रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट बाग्लुङतर्फ जाँदै गरेको ग.२ ख ००८९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । 

Hardik health

साथै,मोरङको कानेपोखरी गाउँपालिका ६ देउराली चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र डाईजेपाम १ सय ५० ट्याब्लेट सहित लेटाङ नगरपालिका ३ बस्ने  २३ वर्षीय सुवास राई समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यी प्रकाउ परेका सम्पूर्ण माथि यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।


प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर १, २०८२
नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ आइतबार, कात्तिक ३०, २०८२
विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ
विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ आइतबार, कात्तिक ३०, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बुधबार, कात्तिक २६, २०८२
लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा
लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा बुधबार, कात्तिक २६, २०८२
शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार
शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार मंगलबार, कात्तिक २५, २०८२
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, कात्तिक २५, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP