काठमाडौं- पलक मुचाल लाइभ इन नेपाल सेप्टेम्बर १९ मा आयोजना हुने भएको छ । बलिउडकी चर्चित गायिका पलक मुचालले पहिलोपटक नेपालमा प्रत्यक्ष प्रस्तुति दिने कार्यक्रम तय भएको हो ।
१९ सेप्टेम्बर २०२५ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘पलक मुचाल लाइभ इन नेपाल’ कन्सर्टमा पलकले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्ने भएकी छिन् । कार्यक्रमको प्रस्तुति वल्र्डवाइ फिल्म्स नेटवर्क प्रा.लि.ले गर्नेछ भने व्यवस्थापन मनु मिडिया प्रा.लि.ले गर्ने भएको छ ।
आयोजकले यसपटकको कन्सर्ट नेपाली दर्शकका लागि अविस्मरणीय बनाउने लक्ष्य राखिएको जनाएको छ । विशेष रूपमा, यस कार्यक्रममा कोरियाली गायिका चिलेन्दी मतहरीले पनि आफ्नो प्रस्तुति दिने भएकी छिन् । उनी कोरियालीसहित १५ भन्दा बढी भाषामा गीत गाउन सक्ने क्षमता भएकी कलाकार हुन् र अन्तर्राष्ट्रिय रूपमा चर्चित छिन् ।
आयोजक संस्था अध्यक्ष देव मगर र इभेन्ट म्यानेजर मनिष कार्कीले नोरा फतेहीको कन्सर्टबाट प्राप्त अनुभवलाई यसपटक अझ प्रभावकारी तरिकाले प्रयोग गरिने बताए । साथै नेपाली कलाकारहरूको पनि उत्कृष्ट प्रस्तुति रहनेछ । टिकटको विवरण र अन्य जानकारी चाँडै सार्वजनिक गरिने आयोजक संस्थाले जनाएको छ ।