Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  •  तीन चलचित्रको  प्रदर्शन सुरु 
‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू  तीन चलचित्रको  प्रदर्शन सुरु 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ६, २०८२


काठमाडौं– आजदेखि चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ प्रदर्शन हुँदैछन् । यी भिन्न विधाका चलचित्रले दर्शक तान्ने विश्वास चलचित्रकर्मीको छ । 

एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढावलाई देखाइएको चलचित्र ‘माग्ने राजा’ मा ‘माग्ने बुढा’ को उपनामले चिनिनुभएका कलाकार केदारप्रसाद घिमिरे शीर्ष भूमिकामा रहेका छन् । आफूलाई नै हेरेर लेखेकले पात्र र चलचित्रको कथा तयार गरेको लागेपछि चलचित्रमा काम गरेको कलाकार घिमिरेले बताए । उनले भने,‘यो पात्र मसँग जोडिएको छ । मलाई नै हरेर तयार गरिएको जस्तो छ । मलाई सधैँ सहायक भूमिकामा देख्ने र चलचित्रभर देखिँदा कस्तो हुन्छ वा हेर्न पाउँ भन्ने दर्शकका लागि यो चलचित्र खास छ । यो हास्यसँग मात्र जोडिएको छैन, एउटा गहन विषय उठाइएको छ ।’

उक्त चलचित्रमा कलाकार घिमिरेसँगै वर्षा सिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देललगायत कलाकारले अभिनय रहेको छ । मुनाल घिमिरेले निर्माण गरेका हुन् । चलचित्रमा ऋषि लामिछाने निर्देशक, सामीप्यराज तिमल्सेना लेखक, मित्र गुरुङले सम्पादन, नरेन्द्र मैनालीले  छायाङ्कन र सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत सिर्जना रहेको छ ।  साथै  प्रदर्शन रहेको अर्को चलचित्र ‘ताराहरू’ किशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएको चलचित्र हो । दश दशकभन्दा बढी समयदेखि रङ्गकर्मीका रुपमा चिनिएका आशान्त शर्माको निर्देशन रहेको छ । उक्त चलचित्रमा मृत्यु कल्पेर हिँडेको युवकले एक अधवैँसे महिला भेटेपछि उनको आँखामा भरिने सपना र आशासँगै आउने खुसीलाई चलचित्रको विषय बनाइएको छ ।

Hardik health

रङ्गमञ्चमा मात्र देखाइरहँदा कथाले न्याय नपाएको महसुस गरेपछि कलाकार शर्माले चलचित्रमा रुपान्तरण गरेका बताए । ‘नाटक मञ्चन गरेपछि यसलाई धेरै ठाउँमा देखाउन रङ्गकर्मीले सुझाव दिनुभयो । केहीले ‘युट्युब’मा राख्नसमेत सुझाउनुभयो, तर नेपालभर नाटक लिएर यात्रा गर्न सम्भव थिएन । नाटकका कलाकार सबैको समय मिलिरहेको थिएन, युट्युबमा ल्याउँदा मलाई मर्म मर्छ भन्ने लाग्यो’, शर्माले भने,‘त्यसै कारण ‘साथी, साथी आइदेऊ न’ नाटकको कथा धेरैसम्म पुग्नुपर्छ भन्ने सोचका कारण नै मैले यसलाई चलचित्रको माध्यममा ल्याएको हुँ ।’ रङ्गमञ्चबाट भनिएको ‘साथी, साथी आइदेऊ न’ नाटकको कथालाई पुनः चलचित्रको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उनले बताए । उक्त चलचित्रमा कलाकार शर्मासँगै मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायत कलाकारले अभिनय देख्न सकिन्छ । 

आजदेखि नै प्रदर्शन भएको तेस्रो चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ अभिनेता विजय बरालका कारण चर्चामा छ । उनले यसअगाडि मुख्य भूमिका निर्वाह गर्नुभएको ‘पूर्णबहादुरको सारङ्गी’ले पाएको सफलताका कारण यसपटक यो चलचित्र दर्शकसँगै चलचित्रकर्मीका लागि प्रतिक्षित छ । चलचित्र अभिनेता बरालमै केन्द्रित छ । अभिनेता बरालले आफ्नो बुबाको सपना पूरा गर्ने उद्देश्य बोकेको पात्रलाई पर्दामा ल्याएको  बताए ।

हिमाल न्यौपानेको निर्देशनमा बनेको उक्त चलचित्रमा अभिनेता बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशाङ्क मैनाली, भोलाराज सापकोटा, रेयर राईलगायतका कलाकारले अभिनय रहेको छ । चलचित्रमा कथा, पटकथा र संवाद भानुभक्त ढकालको रचना रहेको छ ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘अधुरो सपना’ सार्वजनिक
‘अधुरो सपना’ सार्वजनिक शुक्रबार, चैत ६, २०८२
गायिका ज्योति मगर विवादमा, सामाजिक सञ्जालमा बहिस्कार अभियान
गायिका ज्योति मगर विवादमा, सामाजिक सञ्जालमा बहिस्कार अभियान शुक्रबार, चैत ६, २०८२
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का बिहीबार, चैत ५, २०८२
प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’ गीत
प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’ गीत मंगलबार, चैत ३, २०८२
चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु
चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु सोमबार, चैत २, २०८२
नयाँ वर्षमा प्रदर्शन हुने ‘पहाड’ टिजर सार्वजनिक
नयाँ वर्षमा प्रदर्शन हुने ‘पहाड’ टिजर सार्वजनिक सोमबार, चैत २, २०८२
‘पहाड’ मा नेपाली समाजको कथा
‘पहाड’ मा नेपाली समाजको कथा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP