Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #वरिष्ठ बलराम
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
  • #कार्तिक_नाच
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • श्री भक्ति मन्दिरमा श्री कृष्णाष्टमी महोत्सव सम्पन्न
श्री भक्ति मन्दिरमा श्री कृष्णाष्टमी महोत्सव सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २, २०८२

काठमाडौं-  मध्यपुर थिमी नगरपालिका स्थित श्री श्यामा श्याम धाम ‘राधे राधे’ मा आयोजित श्री कृष्णजन्माष्टमी महोत्सव सम्पन्न भएको छ । भगवान श्रीकृष्णको प्राकट्य दिवसको अवसरमा  २५ हजारभन्दा बढी श्रद्धालु भक्तजनको सहभागिता रहेको आयोजक समितिले जनाएको छ। 

कार्यक्रम शनिबार बिहान ५:०० बजेबाट सुरू भई राति १२:३० बजेसम्म विविध आध्यात्मिक र सांस्कृतिक कार्यक्रमसहित मनाइएको थियो । श्रद्धालु भक्तजनहरूका लागि मन्दिर दर्शन, पूजन तथा विशेष आध्यात्मिक साधना कार्यक्रमको व्यवस्था गरिएको थियो । भक्तजनहरूको अत्यधिक चापलाई ध्यानमा राख्दै मन्दिर प्रवेशका लागि दक्षिण द्वार र बाहिर निस्कन पश्चिम द्वार प्रयोग गर्ने व्यवस्था मिलाइएको थियो । अशक्त, जेष्ठ नागरिक, बालबालिका तथा विशेष सहयोग आवश्यक पर्ने श्रद्धालुहरूको लागि सहज दर्शनको व्यवस्था स्वयंसेवकहरूको सहायतामा गरिएको थियो । मन्दिर परिसरमा रहेको विशेष कार्यक्रमहरूमा श्रीकृष्णको लीलासँग सम्बन्धित चित्रकला र कलात्मक वस्तुहरूको प्रदर्शनी, झुला दर्शन, राधे राधे अनुहार छाप तथा धार्मिक मेकअप सेवा, शाकाहारी जलपान स्टल, चिया(कफी वितरण लगायत विविध सेवा उपलब्ध गराइएको थियो ।

कार्यक्रममा नियमित संकीर्तनसँगै भगवान श्रीकृष्णको प्राकट्य लीला, अभिषेक, महाभोग, माखन अर्पण, महाआरती तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । साँझ ६:३० बजे बालगोपालको भव्य रथयात्रा श्री भक्ति मन्दिरबाट सुरू भई निकोसेरा चोकसम्म पुगी पुनः मन्दिर फर्किएको थियो । रथयात्रामा सयौं भक्तजन सहभागी भएका थिए र यात्रा मार्गभर श्रद्धालुहरूले पूजा अर्चना गरेका थिए । महोत्सवको सफल सञ्चालनमा जनपद तथा ट्राफिक प्रहरी, स्थानीय विद्यालयका विद्यार्थी, नेपाल स्काउट, डिभाइन युथ क्लब तथा अन्य सत्संगी स्वयंसेवकहरूको सक्रिय सहयोग रहेको थियो। सयभन्दा बढी स्वयंसेवक परिचालित भई भक्तजनहरूको व्यवस्थापन, सुरक्षामा सहजीकरण गरेका थिए । श्री श्यामा श्याम धामको स्थापना ३० वर्षअघि पञ्चम मूलजगद्गुरु श्री कृपालुजी महाराजको कृपाबाट भएको हो। यहाँ सनातन वैदिक अध्यात्म दर्शनअनुसार भक्ति साधना पद्धति अनुसरण गर्दै नियमित आराधना, साधना तथा सत्संग कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

Hardik health


भक्तपुर जिल्ला कै एक प्रमुख आध्यात्मिक गन्तव्यस्थलको रूपमा परिचित श्री भक्ति मन्दिरमा सम्पन्न यस वर्षको श्री कृष्णाष्टमी महोत्सव श्रद्धा, भक्ति र सांस्कृतिक भावनाले परिपूर्ण रह्यो।
 


प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह आइतबार, कात्तिक २, २०८२
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ? शनिबार, कात्तिक १, २०८२
सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शन हुँदै
सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शन हुँदै शुक्रबार, असोज ३१, २०८२
‘काठमाडौँ  हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि
‘काठमाडौँ हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP