काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुन मुल्य ८०० सय रुपैयाँले बढेको छ । सुनको मूल्य आज तोलामा ८०० रुपौयाँले बढेर १ लाख ९६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
आईतबार सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । साथै तेजाबी सुनको मूल्य पनि बडेको छ । आईतबारको तुलनामा ६८५ रुपैँयाले बढेर प्रतितोला १ लाख ६८ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउमा पनि ५ रुपैयाँले बढेको छ । नेपाली बजारमा चाँदी आज २ हजार ३१५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा २ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो ।