काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आईतबार सुन मुल्य ७०० सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा ७०० रुपौयाँले घटेर १ लाख ९५ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । साथै तेजाबी सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा ६०० रुपैँयाले घटेर प्रतितोला १ लाख ६७ हजार ६१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउमा पनि ५ रुपैयाँले घटेको छ । नेपाली बजारमा चाँदी आज २ हजार ३१० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा २ हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो ।