काठमाडौं- सप्तरीको सुरुङ्गाबाट ९८ किलो ग्राम गाँजा बरामद भएको छ । श्क्रबार सुरुङ्गा नगरपालिका–११ नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैचाबाट करीव ९८ के.जी. गाँजा बरामद गरिएको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डमा खटिएको थियो । सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त स्थानमा ५ वटा पोकामा बेवारिसे अवस्थामा रहेको गाँजा बरामद गरेको हो ।
बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको प्रहरुले जनाएको छ ।