Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • थिमीमा श्रीकृष्ण लीलामा आधारित चित्रकला प्रतियोगिता सम्पन्न
थिमीमा श्रीकृष्ण लीलामा आधारित चित्रकला प्रतियोगिता सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २७, २०८२

काठमाडौं-  भगवान श्रीकृष्णको प्राकट्य दिवस श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्री श्यामा श्याम धाम, भक्ति मन्दिर परिसर, थिमीमा सोमबार चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । श्री राधा माधब समिति नेपालको सहयोगी संस्था-विद्वत समाज नेपालको आयोजनामा भएको हो । 

प्रतियोगितामा बिभिन्न कलेजमा अध्ययनरत तथा चित्रकलामा अभ्यासरत १७ जना कलाकार तथा विद्यार्थीहरु सहभागि थिए । सहभागी कलाकारहरुले भगवान श्रीकृष्णको लीलामा आधारित आफ्ना मौलिक सिर्जनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्वत समाज नेपालका संयोजक महेन्द्र बहादुर गुरुङ्गको अध्यक्षतामा भएको थियो । चित्रकला मूल्यांकन समितिका संयोजक एवं अन्तर्राष्ट्रिय जलरंग समाज नेपालका अध्यक्ष  चित्रकार नारायण बहादुर गुरुङ्ग, फाइन आट्र्स कलेजका एसोसिएट प्रोफेसर एवं मूल्यांकन समितिका सदस्य राधेश्याम मुल्मी, तथा समितिका सदस्य दीपक प्रसाद चालिसेले कार्यक्रमको संचालनमा सहयोग गरेका थिए ।

Hardik health

chitra-1754985392.jpg
प्रतियोगिताको आरम्भअघि साधना हलमा जगद्गुरुत्तम श्री कृपालुजी महाराजको श्रीकृष्ण लीला सम्बन्धी छोटो प्रवचन प्रस्तुत गरिएको थियो । एनबी गुरुङ्गले चित्र निर्माणका क्रममा कलाकारहरुले ध्यान दिनुपर्ने विषय, मौलिक सिर्जनशीलता र क्याफ्टम्यानसिपका मापदण्डबारे सुझाव दिएका थिए । बिहान ११: ०० बजे सुरु भएको चित्रकला सिर्जना अपरान्ह ४:०० बजे सम्पन्न भएको थियो। आयोजकले प्रथम पटक आयोजित यस प्रतियोगितामा सहभागीहरुले अत्यन्त सुन्दर र भावनापूर्ण चित्रहरु सिर्जना गरेको जनाएको छ ।

प्रतियोगितामा प्राप्त सबै चित्रहरुको मूल्यांकन गरी विजेताहरुको घोषणा आगामी साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिन विशेष साधना कार्यक्रमका अवसरमा गरिने भएको छ । विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिने पनि आयोजकले जनाएको छ ।
 


प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP