काठमाडौं - नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रति तोला आठ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ९३ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने प्रतितोला ४० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार २७० रुपैयाँ कायम भएको छ । बुधबारचाँदी तोलामा २ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो ।