काठमाडौं- ३५० भन्दा बढि अभिकर्ताको सहभागितामा सन नेपाल एचिभर नाइट २०८२ सम्पन्न भएको छ । जीवन बीमाको नेपालीको सुरक्षा सुनिश्चित गर्ने अभिकर्ताहरूको समर्पण र मेहनतको सम्मानका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको कार्यक्रम हो ।
‘सन एचिभर्स नाइट २०८०’ सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न बिधाहरुमा सर्वोत्कृष्ट हुने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको इन्स्योरेन्स कम्पनीले जनाएको छ । एमडीआरटी २०२५, सर्वाधिक बीमालेख बिक्री, ब्यक्तिगत तथा टीम ब्यवसायमा सर्वाधिक बीमाशुल्क संकलन, सर्वाधिक अभिकर्ता सक्रियता आदि विभिन्न विधाहरुमा अब्बल हुने अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।
साथै कम्पनीले ब्यवसायका आधारमा अभिकर्ताहरुलाई शुक्र, चन्द्र , मंगल तथा दी सन क्लब माबर्गिकरण गरी सोही अनुसारको सम्मान पनि गरेको छ । साथै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशभरका १४३ शाखाबाट जीवन बीमा व्यवसाय संचालन गरिरहेको जनाएको छ ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यस प्रकारको कार्यक्रमले अभिकर्ताहरुको व्यक्तित्व बिकास भई ग्राहक बर्गमा पुर्याउने सेवामा थप दक्षता अभिबृद्धि गरि कम्पनी प्रतिको निष्ठा, भरोसा, मिहिनेत र बीमितप्रतिको उत्तरदायित्वको नै कम्पनीको मेरुदण्ड भएको बताए ।