काठमाडौं- गायिका सन्जु र गायक पुस्कलको स्वरमा रहेको ‘नीलो आकाशैमा बादलु’ सार्वजनिक भएको छ । गीतको भिडियो सन्जु न्यौपानेको अफिसयल यूट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।
सन्जु न्यौपानेको पछिल्लो गीत ‘नीलो आकाशैमा बादलु’ बजारमा चर्चा बटुल्दै छ । पुस्कल शर्मा र गायिका सन्जु न्यौपानेको स्वरमा रहेको गीत ‘नीलो आकाशैमा बादलु’ मा रमेश परियारको शब्द र संगीत रहेको छ । आशिष अबिरलको संगीत संयोजन रहेको यस गीत राग स्टुडियोमा रेकर्डिङ गरेको हो । यसको मिक्सिङ आकाश नेपालीले गरेका छन् ।
‘नीलो आकाशैमा बादलु’ गीतको म्यूजिक भिडियोमा सन्जु न्यौपाने आफैं अभिनय गरेकी छन् । भिडियोमा सन्जु र लोमश शर्माको जोडी देख्न सकिन्छ । यसै गरी आशा भुसाल र सन्तोष पाण्डेको जोडी जमेकाे देखाइएकाे छ ।
‘नीलो आकाशैमा बादलु’ भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । यस भिडियाेमा नितिन वाइबाको कोरियोग्राफी रहेको छ । चक्रबहादुर बरालको छायाँकन एवं विष्णु खड्काको सम्पादन रहेको छ ।