Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  •  ‘गुन्यु चोलो : द ड्रेस’
 ‘गुन्यु चोलो : द ड्रेस’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ८, २०८२

काठमाडौं- चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । पछिल्लो समय सानो सानो कुरामा खोट लगाउने र गाली गर्ने खराब प्रवृत्तिको विकास भइरहेका बेला यो गीतले भने ‘गुन्यु चोलोः द ड्रेस’को गीतले गज्जवको प्रतिक्रिया पाइरहेको छ ।

सतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको छ । ‘म फूल हुँ कि काँडा’बोलको गीतको जति तारिफ भइरहेको छ, त्यो भन्दा धेरै यो गीतको भिडियोमा नृत्य गर्ने अभिनेता नाजिर हुसेनको प्रशंसा भइरहेको छ । उनको अभिनय कला र क्षमताको चौतर्फी प्रशंसा भइरहेको छ । उनलाई काम देखाउने फिल्म आवश्यक रहेको प्रतिक्रिया युट्युबमा आइरहेको छ । नाजिरलाई उनको क्षमता सबैसामु पहिचान हुनेगरी पूर्ण बहादुरको सारङ्गीजस्तै एउटा चलचित्र आवश्यक रहेको धेरैले प्रतिक्रिया दिइरहेका छन् ।

‘नाजिर तिमी एक महान बहुमुखी अभिनेता हौ,’ विजय थापा युट्युबमा भिडियो हेरेर लेख्छन्, ‘उत्कृष्ट पात्रहरूमा अभिनय गरिरहनु । तिमी एक महान अभिनेता बन्नेछौ । एउटा मात्र कुरा विवादहरूबाट सावधान रहनु । मेरो शुभकामना ।’ नाजिरले यसमा तेस्रोलिंगी महिलाको भूमिका निर्वाह गरेका छन् । तर, उनी नाजिर भएको फिल नै नहुने बताएका छन् । के तिमी साँच्चै नाजिर नै हौ भनेर प्रश्न पनि उनलाई गीतमा उनको पहिरन हेरेर गरेका छन् । वाउ ह्वाट अ पफर्मेन्स भन्ने प्रतिक्रिया उनले पाइरहेका छन् । गीत र नाजिरको भिन्न क्यारेक्टरमा अभिनय मन परेपछि दर्शकले चलचित्रलाई सफलताको शुभकामना दिइरहेका छन् ।

Hardik health

रिसभ आले लेख्छन्,‘साँच्चै भन्नु पर्दा मैले पुरै भिडियोमा नाजिरलाई चिन्न सकिन । दोस्रो पटक हेरेपछि मैलेउसलाई चिनेको थिएँ । नाजिरलाई तपाईंको अभिनय र अभिनयको लागि सलाम ।’  लेखु सहयात्रीको शब्दरचना रहेको गीत ‘म फूल हुँ कि काँडा’मा मनिषा पोखरेलको स्वर छ । संगीत लेखु सहयात्रीकै रहेको छ । ‘गुन्यु चोलो :द ड्रेस’ भदौ १३ गते रिलिज हुँदैछ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र ‘गुन्यु चोलो :द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।

‘गुन्यु चोलो : द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।

चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ । चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड चलचित्र ‘ग्ल्याडिएटर-२’ मा लिजाले स्वर दिएकी थिइन् ।

यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् । आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ । यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।
 


प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १५:५५
#गुन्यु चोलो
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक  शुक्रबार, पुस ११, २०८२
 चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक 
 चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक  बिहीबार, पुस १०, २०८२
भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ काे भिडियो सार्वजनिक
भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ काे भिडियो सार्वजनिक बुधबार, पुस ९, २०८२
‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक
‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक बुधबार, पुस ९, २०८२
पुस ११ देखि ‘सेकाहा महोत्सव’ हुँदै
पुस ११ देखि ‘सेकाहा महोत्सव’ हुँदै मंगलबार, पुस ८, २०८२
जीवनका संघर्ष बोलेको गीत ‘सारंगीको साथी’ बजारमा
जीवनका संघर्ष बोलेको गीत ‘सारंगीको साथी’ बजारमा मंगलबार, पुस ८, २०८२
'चलचित्र ‘मिरमिरे’को टाइटल सङ सार्वजनिक
'चलचित्र ‘मिरमिरे’को टाइटल सङ सार्वजनिक सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP